स्टार्स अन द रेड कार्पेट
पुस १०, २०७२
क्रिसमस इभको अवसर पारेर बिहिबार राती काठमाडौंमा फेसन शोसहितको रमाइलो कार्यक्रम आयोजना गरिएको छ । क्रिसमसको खुशीयाली साटासाट गर्ने उदेश्यले र्याडिसनमा आयोजना गरिएको ‘स्टार्स अन द रेड कार्पेट’ शीर्षकको कार्यक्रम सांगीतिक समुह समक्षको लाइभ इन्ष्ट्रूमेन्टबाट प्रारम्भ भएको थियो । राती ८ बजेपछि प्रारम्भ भएको कार्यक्रममा चलचित्र ‘बागमती’ की नायिका श्रीया कार्कीसहितका मोडलहरु क्याटवाक गरे । कार्यक्रममा चलचित्रका नायिका केकी अधिकारी सहभागि भएपनि उनले क्याटवाक गरिनन् । । राइज म्युजिकका विनोद सिंहले संयोजन गरेको यो कार्यक्रमका लागि मोडलहरुलाई कोरियोग्राफर सपना अधिकारीले क्याटवाक प्रशिक्षण दिएकी थिइन् । फेसन शोमा विभिनन पाँच वटा सिक्वेन्समा फेशन शोमा औरा बुटिक, आइकोनिक बुटिक आदिले तयार पारेका पहिरनहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा सुगम पोखरेल, कमल खत्री, सुमन श्रेष्ठ, कीर्ति नेपाली, क्रिस रासल आदिले लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर कायृक्रमलाई संगीतमय बनाएका थिए ।







तस्विरहरु: महेश प्रधान
प्रकाशित :पुस १०, २०७२



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्