Teej banner

स्मार्ट दुलही, ट्रेन्डी मेकअप

- सरस्वती कटुवाल

माघ १५, २०७२

दुलहीका लागि परम्परादेखि नै चल्दै आएको सिंगारमा बिस्तारै परिवर्तन आउन थालेको छ । यसका लागि अहिले एयरब्रस मेकअप, मेटालिक आइज तथा करेक्टिव मेकअप लोकप्रिय हुँदैछन् । यसका साथै बेहुलीको हेयर स्टाइलमा पनि निकै ठूलो परिवर्तन आइरहेको छ । 

स्मरणीय क्षणको तस्बिरलाई गोल्डेन फ्रेममा राख्न मेकअपको सबैभन्दा ठूलो भूमिका हुन्छ । यो विशेष दिनलाई विशेष बनाउन सही मेकअप लुक अपनाउन आवश्यक हुन्छ, तर सबैभन्दा ठूलो कुरा, फेसनमा जस्तोसुकै मेकअप भए पनि आफूलाई सुहाउने मेकअप छनौट गर्नुपर्छ । 

एयर ब्रस मेकअप

यो आधुनिक विधि हिजोआज निकै लोकप्रिय छ । विवाहको दिनका लागि योभन्दा राम्रो मेकअप अरू हुनै सक्दैन भन्नेहरू पनि छन्, यद्यपि यो मेकअप गराउने मन भए जानकार वा राम्रो आर्टिस्टबाटै गराउनुपर्छ । यसमा स्पञ्ज र ब्रस प्रयोग गरिँदैन । एयरगन मेसिनबाट छालामाथिको बेस र फाउन्डेसनमा स्प्रे गरिन्छ । यसले छालालाई आकर्षक लुक्स दिन्छ । 

करेक्टिव मेकअप

यो मेकअप अनुहारको दोष तथा दाग लुकाउन एवं राम्रो विशेषता हाइलाइट गर्न प्रयोगमा ल्याइन्छ । यो शैलीमा स्याडो र सेड्सको मद्दतले अनुहारमा भ्रम सिर्जना गरिन्छ । यसबाट मोटो गालालाई केही दुब्लो र सार्प, सानो आँखालाई केही ठूलो तथा गोलो अनुहारलाई अन्डाकार रूप दिन सकिन्छ । यो मेकअप शैलीले दुलहीलाई कन्फिडेन्ट लुक्स दिन्छ । 

मेटालिक आइज

आँखाको परेलामा गोल्ड र ग्रिन मेटालिक स्याडोको प्रयोग निकै रुचाइन्छ । डिप एमरल्ड लाइनरले आँखालाई अत्यधिक फोकस गरिन्छ । यसका साथै ब्राउन लिपिस्टक लुक्स सिर्जना गरिन्छ । न जाडो न गर्मी हल्का मौसममा मेटालिक रंग निकै राम्रो खुल्छ ।

टिट गोल्ड हाइलाइट चिक्स

दुलहीको गाला खोल्न र चम्किलो बनाउन टिट गोल्ड हाइलाइटरको प्रयोग निकै 

हुने गरेको छ । यसले रोयल लुक्स दिन्छ । 

सिल्वर डस्टेड आइज

परेलामा सिल्भर डस्टको सामान्य प्रयोगले शाही लुक्स दिन्छ । यसका साथमा गुलाफी लिपिस्टक तथा लेयर्ड बन निकै सुहाउँछ । 

शियर लुक

राजसी लुक्सका लागि शियर बेस, स्मोकी आइज, गहिरो गाजल तथा रातो रंगको लिपिस्टक पहिलो रोजाइमा पर्न थालेको छ । यस्तो लुक नेपाली छालामा निकै खुल्छ । 

हेयर एसेसरिज

अहिले आँखालाई झट्ट तान्न सक्ने हेयर एसेसरिज प्रचलनमा छ । दुलहीको केश सजाउन हिजोआज ताजा फूल प्रयोग हुने गरेको छ । जस्तो आर्किड, पिओनिज, गुलाफ, जस्मिन आदि तर फूल प्रयोग गर्न नचाहने हो भने स्वारोस्की क्रिस्टल तथा ज्यूल्ड क्लिप्स लगाउन सबिन्छ । 

हेयर एक्सटेन्सन

केशलाई बाक्लो र आकर्षक बनाउन हेयर एक्सटेन्सनको प्रयोग निकै उपयोगी छ । यसलाई विवाहको दिन नै पनि प्रयोग गर्न सकिन्छ । यसलाई प्रयोगमा ल्याउन र हटाउनसमेत सजिलो हुन्छ । क्लिप तथा अन्य एक्सेटन्सन केशसँग राम्रो ढंगले म्याच हुन्छ । यसले बाक्लो जूरो बनाउनसमेत मद्दत गर्छ । 

आकर्षक ब्रेडर्स

हिजोआज दुलहीको लुक्समा विभिन्न खालका केश बटाई तथा जूरो प्रचलनमा छन् । जस्तो : फिस टेल, फ्रेञ्च टेल, खजुरी बटाई आदि । यस बाहेक मेसी टेक्सचर्ड हेयर लुक पनि मन पराउन थालिएको छ । 

लुज कल्र्स

दुलहीका लागि लुज कल्र्स निकै सुहाउँछ । यसले ग्ल्यामरस लुक्स दिन्छ । लूज कल्र्सलाई सदाबहार मानिन्छ । यो हरेक दुलहीलाई सुहाउँछ ।

 

प्रकाशित :माघ १५, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्