Teej banner

बिग आइकनबाट सौगात बाहिरिए

- रेम विक

फाल्गुन २, २०७२

बिग आइकनका उत्कृष्ट पाँच प्रतिस्पर्धीमध्ये सौगात गुरुङ प्रतियोगिताबाट बाहिरिएका छन् । सौगात बाहिरिएसँगै प्रतियोगितामा अब साजन आले, सृष्टि गुरुङ, अम्बिका पुन र अनु गुरुङले प्रतिस्पर्धा गर्नेछन् । गत बिहीबार नै उनीहरूले फाइनल चरणका लागि आफ्नो प्रस्तुति दिइसकेका छन् । 

आगामी चरणमा प्रतियोगिताबाट एक जना प्रतिस्पर्धीमात्र बाहिरिनेछन् । त्यसपछि बिग आइकन फाइनल चरणमा पुग्नेछ ।’ बिग एफएमका कार्यक्रम सायोजक संजोग बस्यालले भने– ‘त्यसपछि उनीहरूको निर्णय एकैपटक ग्रान्ड फिनालेको दिन हुनेछ ।’ ग्रान्ड फिनालेमा उत्कृष्ट एक जनाका लागि तीन जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् ।  

उत्कृष्ट चार प्रतिस्पर्धी अनु गुरुङलाई भोट गर्न BIG space AG, अम्बिका पुनलाई भोट गर्न BIG space AP, साजन आलेलाई भोट गर्न BIG space SA र सृष्टि गुरुङलाई भोट गर्न BIG space SH टाइप गरी ४३२१ मा पठाउनुपर्नेछ ।  

बिहीबार भएको बिग आइकनको अडिसन राउन्डमा गीतकार तथा संगीतकार सुक गुरुङ विशेष निर्णायकका रूपमा प्रस्तुत भएका थिए । ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘झलझली आँखामा’ जस्ता गीतका लेखक तथा संगीतकार सुक गुरुङ यतिबेला मृगौला रोगको उपचार गरिरहेका छन् । सोही कार्यक्रममा सुक गुरुङको स्वास्थ्योपचारका लागि अर्का निर्णायक कर्ण दास र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) का सञ्चालक ठाकुरप्रसाद पन्तले १०/१० हजार रुपैयाँ सहयोग प्रदान गरे । पन्तले यूआरएलमा गुरुङको उपचारार्थ गर्नुपर्ने ल्याब परीक्षण गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणा पनि गरे । त्यस्तै उनले संगीतमा लाग्नेहरू सबै जनाका लागि ल्याब परीक्षण गर्ने क्रममा यूआरएलले २५ प्रतिशत छुट दिनेसमेत बताए । 

प्रकाशित :फाल्गुन २, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्