एक–अर्कालाई बुझ्न सक्नुपर्छ

- सरु वन

फाल्गुन ६, २०७२

-  झूटबाट प्रारम्भ भएको प्रेम टिकाउ हुँदैन । प्रेम पवित्र चिज हो, त्यसैले झूटो बोलेर यसलाई अपवित्र बनाउनु हुँदैन । 

- प्रेम अन्धो हुन्छ, यसमा कुनै वर्ग हेरिँदैन । प्रेममा जात, धर्म, रंग, धन, पेसा अनि उमेरले पनि खासै महत्त्व राख्दैन । यदि हेरिन्छ भने त्यो प्रेम होइन, स्वार्थ हो । 

- उमेर पुगेपछि स्वत: सिर्जना हुने भावना नै प्रेम हो । 

- प्रेम प्रेरणा हो, जसले हरेक पल अभिप्रेरित गर्छ । 

- जीवन जिउने मीठो कला अनि भोगाइ नै प्रेम हो । 

- साँचो र नि:स्वार्थी प्रेमी–प्रेमिका प्रत्येक काममा सफल हुन्छन् । 

- प्रेम समझदारी पनि हो । प्रेममा एकले अर्काको दु:ख–सुख बुझ्न आवश्यक हुन्छ । 

- प्रेममा एक–अर्काले आफ्ना कुरा सेयर गर्नुपर्छ । 

- प्रेममा एक–अर्कालाई बुझ्न सक्नुपर्छ ।

प्रकाशित :फाल्गुन ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्