Teej banner

२८ वर्षपछि शिशु जन्मियो

- एजेन्सी

फाल्गुन ३०, २०७२

२८ वर्षमा एक जना पनि शिशु नजन्मिँदा कस्तो होला ? पक्कै सन्नाटा छाउँछ । इटालीको ओसटाना सहरमा यस्तै घटना भएको छ तर, जब शिशु जन्मियो सहरमा खुसीयाली छायो ।

सन् १९८० यता पहिलो पटक टुरिन अस्पतालमा एक शिशुको जन्म भएको छ । उक्त शिशुको नाम पाब्लो राखिएको छ । शिशु जन्मिएपछि सम्पूर्ण सहरवासीहरूले खुसीयाली मनाएका छन् । सहरका मेयर गियाकामा लाम्बार्डोले पनि शिशुको जन्ममा खुसी व्यक्त गरेका छन् । उक्त सहरका आदिवासीहरूको जनसंख्या पछिल्लो १ सय वर्षमा तीव्र दरले घट्दै गएको थियो ।

नयाँ शिशु जन्मिएसँगै सहरको जनसंख्या ८५ पुगेको छ । अझ तीमध्ये केवल आधा मानिस मात्र सहरमा स्थायी रूपमा बस्छन् । १९ औं शताब्दीमा उक्त सहरको जनसंख्या १ हजार थियो । दोस्रो विश्वयुद्धपछि त्यहाँको जनसंख्या तीव्र रुपमा घट्न थाल्यो । सन् १९७५ पछि त स्थिति अझ कमजोर भयो । सन् १९७६ देखि १९८७ को बीचमा त्यहाँ केवल १७ जना शिशु जन्मिए । सन् १९८७ पछि सन् २०१५ सम्म कुनै पनि शिशु जन्मिएनन् ।

 

प्रकाशित :फाल्गुन ३०, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्