Teej banner

चैत्र १२ देखि १८ गतेसम्मको राशिफल

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

चैत्र १२, २०७२

मेष

अचानक साथीको मन परिवर्तन हुँदा आफूलाई मार्का पर्नेछ । परिणाममुखी कार्य सम्पन्न गर्न अझै केही समय कुर्नुपर्ने हुन्छ । नगद सापटी लिएका नातेदारहरूले कारोबारमा ढिलाइ गर्दा व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला । खानपान एवं मनोरञ्जनमा संलग्न हुँदा वादविवादबाट टाढै रहनुहोला । रातो रंगको प्रयोगबाट काममा आर्कषणको केन्द्र भइनेछ । 

वृष

उन्नति हुनेछ । परिवर्तनकारी सप्ताह छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्त्वपूर्ण सुझाव तथा जिम्मेवारी दिनेछन् । शिक्षा जगत्मा लगानी गर्ने प्रस्ताव प्राप्त हुनसक्छ । त्यस्तो प्रस्ताव स्वीकार गर्दा विशेष फाइदा हुनसक्छ । साताको अन्त्यमा विभिन्न प्रकारका भोजन तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ । 

मिथुन

आफ्नै जुक्ति–बुद्धिले नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । व्यवसायिक योजना तर्जुमा गर्ने क्रममा विदेशीहरूसँग झलाकुसारी हुँदा थप सुझाव–सल्लाह पाइनेछ । सवारी साधन तथा वैज्ञानिक उपकरण खरिद हुने सम्भावना छ । कार्य व्यस्तताले गर्दा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । फलफूल एवं जुसको सेवनले स्वास्थ्य समस्याबाट मुक्त भइनेछ । 

कर्कट

आफ्नो प्रयास दोहोर्‍याउन सके अवसरहरू प्राप्त हुनेछन् । सामाजिक कार्यमा नेतृत्व गर्दा अपजस आइलाग्न सक्छ । बोलीलाई मधुरतामा परिणत गर्दा बिग्रिसकेको कार्यले पुन: उचाइमा पुर्‍याउनेछ । राति अबेरसम्म बाहिर रहँदा स्वास्थ्यको हेक्का राख्नुहोला । साताको अन्त्यमा मठ–मन्दिर परिक्रमामा सहभागी भइनेछ । 

सिंह

विपक्षीहरू प्रतिष्ठामा ठेस पुर्‍याउन लागिपरेका छन् । सूर्यदेवको आराधना गर्न सके सहजता महसुस हुनेछ । विदेश भ्रमणको अवसर प्राप्त हुनसक्छ । केही समय रोकिएर यात्रा गर्दा फाइदा हुनेछ । विधार्थीवर्गले अध्ययनका निम्ति एकाग्रतामा जोड दिनुहोला । साताको अन्त्यमा खराब नियतका व्यक्तिहरूले पिछा गर्न सक्छन्, सचेत रहनुपर्नेछ । 

कन्या 

सहयोगीहरूले दिएको सुझाव मनन गरी चल्न सके आफैंलाई फाइदा हुनेछ । अवसरको खोजीका क्रममा विदेश जाने योजना पूरा हुन लामो समय कुर्नुपर्ने छैन । प्रेमिका उपयुक्त मुहूर्तको पर्खाइमा छिन्, निर्णय गर्न ढिलाइ नगर्नु नै बेस हुन्छ । साताको अन्त्यमा घरायसी व्यवहारमा समय खर्चनुपर्ने हुन सक्छ । 

तुला

हितैषीको नौलो प्रस्ताव सुनेर दोहोरो मनस्थितिमा पुगिनेछ । समयमै होस पुर्‍याउँदा दुवै जनाको कल्याण हुनेछ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नीलो रंगको प्रयोग फाइदाजनक देखिन्छ । स्वास्थ्यसम्बन्धी गडबडीले सताउन सक्छ । साताको अन्त्यमा दिगो लगानीको अवसर प्राप्त हुँदा उत्साह जाग्नेछ ।

वृश्चिक

व्यवसायमा थप मुनाफा आर्जन गर्न प्रेमिकाले खुलेर सहयोग गर्नेछिन् । सामाजिक संघ–संस्थाको काम गर्दा सकेसम्म कम बोल्नु आफ्नै हितमा हुनेछ । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा विचार पुर्‍याउनुहोला । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसलाले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । 

धनु

प्रेमी–प्रेमिकासँगको व्यवहारले एक–अर्काबीचको सम्बन्ध छुट्ने सम्भावना छ । यतिबेला संयम एवं धैर्यता नै उपयुक्त औषधि सावित हुन सक्छ । नजिकका नातेदारले आफ्ना भनाइ तथा व्यवहार नसच्याउँदा तिक्तता बढ्नेछ । व्यवहारिक कठिनाइ पहिचान गरी ठूलाबडाबाट सल्लाह लिए फाइदा हुनेछ । 

मकर

नयाँ अवसरसँगै सवारी साधन खरिद गर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन् । उनीहरूलाई असहयोग गरी टाढै रहनुपर्नेछ । गरिब तथा अपांगहरूलाई सहयोग गर्न मन उत्साहित हुनेछ । साताको अन्त्यमा पारिवारिक वातावरणमा मनोरञ्जन गर्न पाइनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । 

कुम्भ

व्यवसायले फड्को मार्दा अरूले डाहा गर्न सक्छन् । तपार्इंले अपेक्षा गरेको सहयोग सजिलै प्राप्त हुनेछ । बिनायोजना पहेंलो धातु खरिद गर्नाले केही समय आर्थिक संकट देखा पर्न सक्छ । दैनिक जीवनचर्यामा गरिने कसरत–योग आदि छुट्न सक्छ । साताको उत्तराद्र्धमा मन पर्ने व्यक्तिसगँ भेटघाट हुनेछ । 

मीन 

नयाँ वर्षको आगमनसँगै माङ्गलिक कार्य सम्पन्न गर्ने तिथि तय हुने सम्भावना छ । खानपान, फेसन तथा महँगा सामग्रीमा धन खर्च हुनसक्छ । तत्काल मान्यजनको भनाइले पीडा महसुस भए पनि अन्नत: त्यसले फाइदा नै पुर्‍याउनेछ । अपरिचित व्यक्तिबाट नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव पाइन सक्छ । 

प्रकाशित :चैत्र १२, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्