Teej banner

पूर्वाञ्चल क्षेत्रीय शारीरिक सुगठन

- साप्ताहिक संवाददाता

वैशाख २, २०७३

२१ जना फाइनलिस्टलाई पछि पार्दै झापाका तुलबहादुर श्रेष्ठले सातौं मिस्टर पूर्वाञ्चल खुला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।

धरान सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउन्डमा प्रथम हुँदै शनिश्चरेस्थित ब्रदर एन्ड सिस्टर जिमका तुलबहादुर श्रेष्ठ मिस्टर पूर्वाञ्चल घोषित भएका हुन् । ७० किलोग्राम तौल समूहका श्रेष्ठले उपाधिसँगै ट्रफी र पदकसँगै नगद ६० हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ बराबरको जगर मेसिन प्राप्त गरे । प्रतियोगितामा दुई पटकका विजेता क्लब योरा दमकका विकास धिमालले दोस्रो हुँदै मस्ट मस्कुलर म्यानको उपाधिसमेत प्राप्त गरे । धरानस्थित एलाइनेट जिम हलद्वारा आयोजित प्रतियोगितामा सेन्चुरी जिम झापाका सुरेश राजवंशी तेस्रो तथा ग्रिन पिस फिटनेस दमकका छत्रबहादुर श्रेष्ठ चौथो भएका थिए । 

९ वर्षीय प्रवचन कार्की एवं २०७० का मिस्टर पूर्वाञ्चल मनिष लिम्बूले शारीरिक सुगठनको पोज प्रदर्शन गरेको उक्त प्रतियोगितामा फिटनेस फ्याक्ट्री धरानका देवराज पराजुलीले बेस्ट पोजरको उपाधि प्राप्त गरे । 

 

प्रकाशित :वैशाख २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्