विपाशाको विवाह

- एजेन्सी

वैशाख २५, २०७३

बलिउड अभिनेत्री विपाशा बसुले करणसिंह ग्रोवरसँग विवाह गरेकी छिन् । विभिन्न समयमा विभिन्न व्यक्तिसँगको अफेयरमा रहेर ब्रेकअपको सिकार भएकी हट एन्ड सेक्सी विपाशा करणसँगको अफेयरलाई भने विवाहसम्म डोर्‍याउन सफल भइन् ।

भव्य तयारीका साथ सम्पन्न उक्त विवाहमा विपाशाले फेसन डिजाइनर सब्यसाची मुखर्जीद्वारा तयार पारिएको पहिरन लगाएकी थिइन् । त्यतिमात्र मात्र होइन, करणको पहिरनको सेड पनि विपाशाको ड्ेरससँग म्याचिङ देखिन्थ्यो । रोचक कुरा, विवाह गर्न लागिरहेका यी दुवैलाई विवाह पहिरनका बारेमा कुनै जानकारी दिइएको थिएन् । सरप्राइजका रूपमा विवाहको दिन ती पहिरन गिफ्ट गरिएको थियो ।

दुवैका फिटनेस ट्रेनर एवं साथी डियेन पाण्डे तथा सुजैन दाधिचले उनीहरूका लागि थुप्रै गिफ्ट खरिद गरेका थिए । विपाशाले ट्विटमा लेखेकी छिन्– ‘हाम्रा नजिकका मित्रहरूले एक महिनाभित्र पूरा कोठा भरिने गरी गिफ्ट खरिद गरेका छन्, हार्दिक धन्यवाद ।’ 

 

प्रकाशित :वैशाख २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्