रोजगारी नभएपछि बिदेसिन बाध्य

जेष्ठ ११, २०७३

साप्ताहिकमा प्रकाशित ब्युटी टिप्सहरू उपयोगी छन् । आगामी अंकहरूमा पनि यस्तै रोचक टिप्सहरू पढ्न पाइयोस् ।

अमृता कार्की

म साप्ताहिकको नियमित पाठक हुँ । मलाई यसमा भएका सबै सामग्री मन पर्छन् । विशेष गरी गजुरियल विश्लेषण राम्रो लाग्छ । ओझेलमा परेको हाम्रो चितवनमा पनि धेरै घुम्न लायक ठाउँ छन् । ती ठाउँहरूबारेलाई पनि स्थान दिनुहोला । 

भरत खनाल, चितवन

नेपालमा रोजगारीको वातावरण नभएपछि बिदेसिन बाध्य छन् नेपाली चेलीहरू (फ्रन्टपेज : गन्तव्य फेरिँदैछ) । यो रहर होइन, बाध्यता हो ।

स्वर्णिम राई

नेपालमा चेलीबेटी बेचबिखन भैरहनु नेपाली समाजको चेतनास्तर न्यून हुनु हो (अन्तर्वार्ता : चेलीबेटी बेचबिखन नयाँ शैलीमा फैलिरहेको छ, विश्व खड्का, निर्देशक माइती नेपाल) । सरकारले प्लस टुसम्म नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ । कमजोर आर्थिक अवस्थाका कारण पनि यस्तो भैरहेको छ । सरकारले रोजगारमुखी कार्यक्रमहरू ल्याउनु जरुरी छ । 

आशिष लिम्बू

हो, सर्वेन्द्रहरू सर्वव्यापी हुनैपर्छ (गजुरियल विश्लेषण : सर्वेन्द्रहरू सर्वव्यापी हुन्) । 

टीकाराम दाहाल

यो त राम्रो काम भएछ (भेडेटारदेखि धरानसम्म प्याराग्लाइडिङ) । मलाई पनि प्याराग्लाइडिङ गर्न मन लाग्यो । 

ज्ञान, रामकृष्ण

श्वेता खड्काको आत्मविश्वास बलियो रहेछ (जीवनशैली : श्वेता खड्काको संसार) । श्वेता धेरै महिलाका लागि प्रेरणा बनेकी छिन् ।

निरु राई

प्रकाशित :जेष्ठ ११, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्