Teej banner

कपालभाती प्राणायाम

- लोकनाथ खनाल

जेष्ठ १२, २०७३

विधि

सहज रूपमा कुनै एक ध्यान आसनमा बस्ने ।

दुवै नासिकाबाट श्वास बाहिर फाल्न केन्द्रित हुने ।

श्वास बाहिर फाल्ने क्रममा पेटभित्र, मलद्वार तथा मूत्रद्वार संकुचन होस् ।

१ सेकेन्डमा एकपटकको गति बढाउन अर्थात् छिटो–छिटो गर्न सकिन्छ ।

लाभ

अनुहारको सौन्दर्य वृद्धि गर्छ ।

ग्याँस, कब्जियत, मधुमेह, अपच, एसिडिटी, मोटोपन, मृगौला आदिका साथै पेटसम्बन्धी रोग ठीक हुन्छ ।

मन स्थिर, शान्त र प्रसन्न रहन्छ अनि ध्यानस्थ हुन सहयोग मिल्छ ।

मस्तिष्क, फोक्सो आदिको कार्यक्षमता वृद्धि हुन्छ ।

कपालभातीको अभ्यासमा ह्दयको गतिमा कुनै कमी आउँदैन । ह्दयको स्वास्थ्यका लागि यो एक निरापद अभ्यास हो । 

कपालभाती अभ्यासका क्रममा ४१ दशमलव २ प्रतिशत बढी ऊर्जा खपत हुन्छ । अत: यदि कपालभाती विधिवत् रूपमा नियमित गर्ने हो भने तौल कम गर्न सकिन्छ ।

कपालभातीको अभ्यासले मस्तिष्कको रक्तप्रवाहमा न्यून रूपमा परिवर्तन ल्याउँछ । यसको अर्थ कपालभातीका कारण मस्तिष्कमा आघात हुने आशंका हुँदैन ।

कपालभातीको अभ्यासले एकाग्रता बढ्छ ।

कपालभाती ढिलो सिक्ने बालबालिका तथा कम एकाग्रता हुनेहरूका लागि विशेष उपयोगी हुन्छ ।

प्रकाशित :जेष्ठ १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्