आज प्रदर्शित हुने चलचित्र एक्सन
जेष्ठ १४, २०७३
नायक शिव श्रेष्ठलाई कुनै बेला नेपाली चलचित्रका ‘एङ्ग्री योंग म्यान’समेत भनिन्थ्यो । अहिले उमेर ढल्किए पनि उनले फेरि एकपटक पर्दामा आफ्नो एक्सन रूप देखाएका छन् । राजु अर्यालद्वारा निर्देशित चलचित्र ‘एक्सन’मा दुई पुस्ताको संघर्ष समेटिएको छ ।
अन्याय र अत्याचारविरुद्ध लागेका दुई पुस्ताको समाजका खलपात्रहरूसँग लड्ने आ–आफ्नै शैली हुन्छ । पहिलो पुस्ताको नेतृत्व शिव श्रेष्ठले गरेका छन् भने दोस्रो पुस्तालाई नायक प्रमोददीपले नेतृत्व गरेका छन् । यो चलचित्रमा नायिका जेनिशा केसी पनि छिन् । कुमार महर्जनले चलचित्र एक्सनमा आफ्नो द्वन्द्वकलाको राम्रैसँग उपयोग गरेका छन् । यो चलचित्रका निर्माता दिपेन्द्र कोइराला, शर्मिल तामाङ गुरुङ हुन् भने छायाँकार रवीन्द्र बराल हुन् ।
निर्देशक : राजु अर्याल
संगीत : प्रल्हाद बोगटी
कलाकार : शिव श्रेष्ठ, प्रमोद दिप, जेनिशा केसी, कसम गुरुङ आदि ।
चलचित्र एक्सनको ट्रेलर
प्रकाशित :जेष्ठ १४, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्