२५ लाख पाउदा खुशी लाग्यो

- साप्ताहिक संवाददाता

जेष्ठ २७, २०७३

सानो शरीर भएर पनि मिडफिल्डमा छाइरहेका खेलाडी हुन्, राजु तामाङ । तीन वर्ष फ्रेन्ड्स क्लबबाट खेलेपछि २०६१ सालमा नेपाली सेनामा भर्ना भएका तामाङले राष्ट्रिय टिमबाट ४४ खेल खेलेका छन् । ३२ वर्षीय तामाङले गत साता सर्वोत्कृष्ट खेलाडीका रूपमा सम्मानित हुँदै २५ लाख रुपैयाँ हात पारे । तामाङसँग साप्ताहिकको पाँच प्रश्न :

फुटबलरका रूपमा सबैभन्दा ठूलो पुरस्कार पाउँदा कस्तो लागिरहेको छ ?

लामो समय फुटबलमा गरेको योगदानको कदरस्वरूप यो पुरस्कार पाएको महसुस गरेको छु । यसलाई जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण मानेको छु । 

जीवनको सबैभन्दा खुसीको क्षण ?

सर्वोत्कृष्ट खेलाडीका रूपमा २५ लाख रुपैयाँ पाएको क्षण । यो रकम मेरा लागि निकै ठूलो रकम हो ।

के खर्च गर्नुहुन्छ ?

घर–घडेरी जोड्न उपयोग गर्नेछु जसबाट बुबा–आमालाई खुसी बनाउन सकियोस् ।

संन्यास कहिले लिनुहुन्छ ?

संन्यास लिने समय पनि आउँछ । अन्तर्राष्ट्रिय फुटबल खेल्न छाडे पनि त्रिभुवन आर्मी क्लबबाट भने निरन्तर खेलिरहन्छु ।

मन पर्ने खेलाडी र टिम ?

स्टेभेन जेरार्ड र लिभरपुल (इंग्ल्यान्ड) ।

 

प्रकाशित :जेष्ठ २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्