हट फोटोसुटमा कैटरिना

- एजेन्सी

जेष्ठ ३२, २०७३

पछिल्लो समय सिंगल रहेकी अभिनेत्री कैटरिना कैफ ग्ल्यामरस रूपमा देखा परेकी छिन् । अभिनेता रणवीर कपुरसँग सम्बन्ध बिग्रिएपछि मिडियाबाट केही टाढा रहेकी कैटरिनाले फेसन र लाइफस्टाइलसँग सम्बन्धित म्यागजिन भोग इन्डियाका लागि हट फोटोसुट गराएकी हुन् ।

आगामी जीवन सिंगल रूपमै बिताउने निर्णय लिएकी यी सुन्दरीले आफ्नो ग्लाम लुक्समार्फत प्रशंसकहरूमाझ जान चाहेको बताइन्छ । जीवनको यो मोडसम्म आइपुग्दा विभिन्न उतारचढाव बेहोरेपछि उनी अब कुनै पनि पुरुषलाई नजिकको साथी नबनाउने निर्णयमा पुगेकी छिन् ।

भोग म्यागजिनका निम्ति फिलिपिन्सको सेबुमा गरिएको उक्त फोटोसुटमा ह्वेल माछाका साथमा पानीमुनि स्वीमिङ गरेको दृश्य पनि छ । म्यागजिन स्रोतका अनुसार कैटरिनाले आफ्नो लाइफस्टाइलका बारेमा कुरा गरे पनि निजी जीवनका बारेमा भने केही बताइनन् । अबको दिनमा उनी केही फरक रूपमा प्रस्तुत हुने अनुमान बलिउड विश्लेषकहरूको छ ।

 

प्रकाशित :जेष्ठ ३२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्