सेक्स खेलौनासँग नाम मिलेपछि
असार ५, २०७३
युरो २०१६ का आयोजक फ्रान्सका लागि योभन्दा लाजमर्दो विषय अरू के हुनसक्छ र ? प्रतियोगिताका लागि फ्रान्सले तय गरेको मस्कटको नाम ‘सुपर भिक्टर’ हो । यो सुपर भिक्टर सानो केटो हो, जोसँग अविश्वसनीय शक्ति छ ।
यो केटोले आफूसँगै बल पनि च्यापेको छ तर नाम जुराएर सार्वजनिक गरेपछि मात्र आयोजकले थाहा पाए, यो त फ्रान्समा उत्तिकै लोकप्रिय सेक्स खेलौनाको नाम पनि हो ।
यो मस्कट बिक्रीमा राखिएपछि खरिदकर्ताहरू आश्चर्यमा परेका थिए, यसको नाम सुनेर । आखिर आयोजकसँग अन्तिम समयमा नाम फेर्ने अवसर पनि भएन् ।
प्रकाशित :असार ५, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्