एटलान्टा पुग्यो नेपथ्य

- साप्ताहिक संवाददाता

असार १०, २०७३

 

सांगीतिक समूह ‘नेपथ्य’ ले अमेरिकाको एटलान्टास्थित सेन्टरस्टेजमा आगामी जूलाई २ का दिन सांगीतिक प्रस्तुति दिने भएको छ । नेपथ्यलाई एसोसिएसन अफ दि नेपलिज इन दि अमेरिकाजले दर्शकमाझ प्रस्तुत गर्न लागेको हो । अढाई दशकदेखि नेपथ्य सुन्दै हुर्किएका नेपाली तन्नेरीहरूको विस्तार संसारभर भएजस्तै अमेरिकामा अझ व्यापक छ ।

त्यसैगरी स्वदेशमा जस्तै विदेशमा पनि यतिबेला नेपालीहरू आपसका विभिन्न कारण देखाएर अलग हुने प्रवृत्ति बढिरहेका बेला उनीहरूलाई नेपालीपनको धुनले जोड्नु नै आफ्नो अमेरिका यात्राको मूल उद्देश्य रहने नेपथ्यका मुख्य गायक एवं टोलीका अगुवा अमृत गुरुङले बताएका छन् ।

कार्यक्रम प्रस्तुतिका लागि जूनको तेस्रो साता अमेरिका पुग्ने नेपथ्यले २५ जूनका दिन लस एन्जलसमा आफूलाई प्रस्तुत गर्नेछ । 

प्रकाशित :असार १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्