उपवासको विज्ञान
श्रावण १०, २०७३
यो महिना मानिसहरूको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोग संक्रमणको संभावना अत्याधिक हुन्छ । मासुजन्य मात्र होइन, सागपातबाट समेत रोग फैलने भय हुन्छ । त्यसैले वर्षायाममा उपवास बस्नु वा सात्विक भोजन मात्र ग्रहण गर्नु स्वस्थ्यका दृष्ट्रिले फलदायी हुन्छ ।
ग्रह–उपग्रहको अवस्थितिबाट पनि मानव जीवनमा कुनै न कुनै प्रभाव पर्छ । यतिबेला त्यही प्रभावका कारण उत्तेजना, क्रोध, रिस बढ्ने ज्योतिशास्त्रीय भनाइ छ । उपवास तथा पूजाआजाले यसलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ । किनभने पूजाआजाले मनलाई एकचित्त, शान्त एवं प्रशन्न तुल्याउँछ ।
उपवासको अर्थ बाँधिनु वा आत्मअनुशासन पालना गर्नु हो । उपवास बस्नु भनेको आत्मशुद्धि गर्नु पनि हो । यसले सत्यको पालना गर्न प्रेरित गर्छ । आचार–विचारमा इमान्दार रहन सिकाउँछ । इन्द्रियलाई अधिनमा राख्न र मनलाई नियन्त्रण गर्न पनि उपवासको महत्व छ ।
प्रकाशित :श्रावण १०, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्