एउटा पत्रिकाले छाप्यो

श्रावण २७, २०७३

एउटा पत्रिकाले छाप्यो

५० प्रतिशत केटी वेवकुफ हुन्छन्

त्यो देखेर केटीहरू सडकमै उत्रिए, अनि पत्रिकाले

फेरि छापेछ, ५० प्रतिशत केटी वेवकुफ हँुदैनन्

(त्यसपछि मामिला शान्त भयो)

o-o-o-o-o

न त पढ्न मन लाग्छ न त काम गर्न 

के यो बूढीको कमाई खाने लक्षण हो ?

​o-o-o-o-o

शिक्षक : डेट र तारिखमा के फरक छ भन त दिवस ?

दिवस : सर डेट गलफ्रेन्डको साथमा गइन्छ भने तारिखचाहिँ वकिलको साथमा ।

(शिक्षक बेहोस्)

​o-o-o-o-o

यी सूर्यदेव कि श्रीमती माइत गइछन् कि क्या हो ?

बिहानै चर्को भा छन् त बूढा ! फिलिङ्स गर्मी... ।

​o-o-o-o-o

शेरेको छोरो : ए बाउ, ५ र ५ कति हुन्छ ?

शेरे : थुक्क साले, भाते, गधा, नालायक, गोबर गणेश त्यति पनि थाहा छैन ? जा गएर क्यालकुलेटर लिएर आइज ।

​o-o-o-o-o 

शेरे गधाको अघि लडेछ, त्यो देखेर एउटा केटीले जिस्क्याउँदै भनिछ । 

केटी : के हो ? दाइको आशीर्वाद लिँदै हो ?

शेरे : हो भाउजू, तपाईंले सही भन्नुभयो ।

(केटी टवाँ..)

​o-o-o-o-o

शेरेकी बूढी (रिसाउँदै) : तिमी हिजो छिमेकी केटीसँग छेस्को फिल्म हेर्न गाथ्यौ होइन ?

शेरेको स्मार्ट उत्तर : अनि के गरम त म, त्यो फिल्म परिवारसँग बसेर हेर्न हुन्न रे ।

​o-o-o-o-o

केटीहरू भाउ खाने

केटाहरू धोका खाने,

किसानहरू हरेस खाने,

जसको नक्कली सर्टिफिकेट छ उ जागिर खाने, 

हाम्रो नेपालमा ।

​o-o-o-o-o

सर : शेरे, भन् त तैंले जिन्दगीमा कुनै राम्रो काम गरेको छस् ?

शेरे : छु सर

सर : के काम गरिस् त्यस्तो ?

शेरे : एउटा हजुरबुबा हिँड्न नसकेर विस्तारै हिँडिरहेको देखे ।

सर : अनि ?

शेरे : मैले हजुरबुबाको पछाडि टोक्ने कुकुर छोडिदिए, अनि हजुरबुबा छिटो–छिटो हिँड्न थाल्नुभयो । 

सर ठाउँको ठाउँ बेहोस ।

​o-o-o-o-o

सासूले बुहारीलाई हप्काउँदै भनीछन् ।

सासू : तेरा दुई–दुईवटा आँखाको के काम, चामलबाट ढुंगा पनि केलाउन सक्दिनस् ।

बुहारी (रिसाउँदै) : तिम्रा बत्तीस–बत्तीसवटा दाँतको चाहिँ के काम एक–दुईवटा ढुंगा पनि चपाउन सक्दिनौ ।

​o-o-o-o-o

शेरेले गाउँको एकजना ज्ञानी वृद्ध मानिससँग ३ वटा प्रश्न सोधेछ : बाजे जिन्दगी के हो ? जिन्दगीमा साथीको महत्व कति हुन्छ र, जन्म पछि मृत्यु किन हुन्छ ?

शेरेको कुरा सुनेर बूढा एकछिन सोचमा परे र खल्तीबाट सलाईको बट्टा निकाले र त्यसबाट एउटा काटी निकालेर त्यसलाई तीन टुक्रा पारे, पछाडिको टुक्रालाई पूर्वतिर फाले, अनि बीचको टुक्रालाई फेरि बट्टामै राखे, अनि माथि तिरको टुक्रालाई एकछिन घोरिएर हेरे । 

अनि

कान कोट्याउँदै भने : मलाई थाहा छैन, अरू कसैलाई सोध है ।

​o-o-o-o-o

मिस : हाकु... ‘गाडी फस्यो’ यो कुन काल हो ?

हाकु : ध ‘काल’ 

मिस (शेरेबाट केही सिक गधा) : शेरे ‘पानी पर्‍यो’ यो कुन काल हो ?

शेरे : छाता नि ‘काल’

(शेरे रक्स मिस सक्स)

​o-o-o-o-o

साथी : ओए, के भो रे हिजो ?

म : यार लोडसेडिङमा गर्लफ्रेन्डलाई किस गरेको उसको आमा परिछ । 

साथी : ओ माइ गड ! अनि के फेरि के भो ?

म : आज डेटिङमा बोलाकी छे, गएन भने फेरि छोरीलाई भन्दिन्छे रे । 

(फसादमा परियो यार)

प्रकाशित :श्रावण २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्