रविन र अप्सराको 'सफल तिम्रो...' सार्वजनिक
कार्तिक ८, २०७३
साउदी अरबस्थित अल्मराई डेरीमा वरिष्ठ खाद्य वैज्ञानिकको रुपमा कार्यरत युवा गायक रविन गिरीले आफ्नो पछिल्लो यूगल गीत ‘सफल थियो यात्रा हाम्रो...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नो सांगीतिक प्रस्तुतीका कारण प्रवासी नेपालीमाझ लोकप्रिय गायक रविन गिरीले ‘सफल तिम्रो...’ गीतमा गायिका अप्सरा घिमिरेको साथ पाएका छन् । रवि मल्लको संगीतको यो गीतका शब्दहरु रिदम रसाइलीले रचना गरेका हुन् । उदयराज पौडेल यो गीतका संगीत संयोजक हुन् ।
गायक गिरीले निकट भविष्यमै सोला एल्बम सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् । सतिश श्रेष्ठद्वारा निर्देशित यो म्युजिक भिडियोमा सम्पदा बानियाँ तथा सुवास पराजुलीले अभिनय गरेका छन् ।
'सफल थियो ...' गीतको भिडियो :
प्रकाशित :कार्तिक ८, २०७३


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्