प्रेमको गीतमा वर्षा र रवि

- साप्ताहिक संवाददाता

कार्तिक १२, २०७३

 

गायक प्रेम सेनको नयाँ गीत ‘तिम्रो पाउजु...’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको एउटा नयाँ जोडीलाई दर्शकले मन पराएका छन् । अभिनेत्री वर्षा राउतसंग मोडल रवि सिंहको जोडि आकर्षक देखिएको छ ।

 

निकेश खड्काको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा वर्षा र रविलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । गायक कमल खत्री यो गीतका गीतकार तथा संगीतकार हुन् । विजेश्वर तण्डुकारले यो गीतलाई संगीत संयोजन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

सानैदेखि अभिनयमा रुची राख्ने रवि सिंहले यसअघि पनि केही म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेका छन् । काठमाडौंको भिमसेनस्थानमा जन्मिएका रवि म्युजिक भिडियो हुँदै चलचित्रमा समेत पुनरामगनको तयारी गर्दैछन् ।

यस्तो छ भिडियो :

प्रकाशित :कार्तिक १२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्