पाँचौं अडिसनमा बिग आइकन
माघ २८, २०७३
सातौं संस्करणको बिग आइकनको अडिसन पाँचौं राउण्डमा पुगेको छ । बिग आइकनअन्तर्गत पाँचौं चरणको अडिसनका लागि ३९ जना प्रतियोगी छनौट भएका छन् । मंगलबार भएको चौथो चरणको अडिसनमा १८ जना प्रतियोगी बाहिरिएपछि पाँचौं चरणका लागि अन्य प्रतिस्पर्धीले प्रवेश पाएका हुन् ।
तेस्रो चरणदेखि चौथो चरणमा जम्मा ५७ जना गायन प्रतिभाले प्रवेश पाएको आयोजक बिग एफएमले जनाएको छ । तेस्रो चरणमा ७७ जना प्रतिस्पर्धी मञ्चमा उत्रिएका थिए । उनीहरूमध्ये २० जना प्रतिस्पर्धी बाहिरिएका छन् । यस पटकको बिग आइकनमा ५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीले आवेदन भरेका थिए । १ हजार १ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर ५७ जनासम्म आइपुग्दा प्रतिस्पर्धा निकै कडा हुने संकेत देखिएको छ । पाँचौं चरणको अडिसन हिजो बिहीबार सम्पन्न भएको छ ।
प्रकाशित :माघ २८, २०७३




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्