अभिनेत्री मरिष्कालाई मन पर्ने सात खेल

- कृष्ण भट्टराई

वैशाख २८, २०७४

 

थुप्रै म्युजिक भिडियो, एउटा हिन्दी चलचित्र तथा तीन वटा नेपाली चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हुन्– मरिष्का पोखरेल । हिन्दी चलचित्र ‘यारा’ मा अभिनय गरिसकेकी मरिष्काले अभिनय गरेका दुई नेपाली चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘चपली हाइट–२’ प्रदर्शन भैसकेका छन् । अहिले उनी चलचित्र ‘लम्फू’ मा व्यस्त छिन् । यो चलचित्रमा उनले नयाँ अभिनेता करिव खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छिन् । तेक्वान्दो तथा चेसकी राष्ट्रिय खेलाडी मरिष्कालाई मनपर्ने सात खेल यस्ता छन् : 

 

चेस 

१२ वर्षको उमेरदेखि खेलेकाले पनि होला मलाई सबैभन्दा मन पर्ने खेल चेस हो । मैले चेस खेल्न थाल्दा म अध्ययन गर्ने कक्षामा अरू कसैलाई पनि चेस खेल्न आउँदैनथ्यो । अहिले पनि फुर्सद भयो भने म चेस खेल्न रुचाउँछु । 

 

ब्याटमिन्टन

हुन त ब्याटमिन्टनमा सम्पूर्ण शरीर नै सक्रिय हुन्छ तर म यसलाई ट्रिकी खेलका रूपमा लिन्छु । मानिसले ध्यान नै नदिएका स–साना कुरा यो खेलले सिकाउँछ । यो खेल खेल्ने शैलीबाट जीवन बाँच्ने कला पनि सिक्न सकिन्छ । यो खेल खेल्न प्लेसमेन्ट, रनिङ, वाकिङ, डग्डिङ, र्‍याकेट ह्यान्डलिङजस्ता थुप्रै कुरा जान्नु जरुरी छ । जसरी जीवनमा हामीले धेरै कुरालाई सन्तुलनमा राख्नु पर्छ, त्यही कुरा यो खेलमा पनि लागू हुन्छ । 

 

पिङ पोङ

यो खेल खेल्न मैले कक्षा ६ मा अध्ययनरत छँदै सिकेकी हुँ । जसलाई हेरेर अथवा जसको खेल देखेर म यसप्रति आकर्षित भएको थिएँ, पछि मैले उसैलाई हराएँ । त्यो उमेरमा मैले पाएको उक्त उपलब्धिप्रति म आफैं गौरवान्वित छु । 

 

टेनिस 

यो खेल त मेरा लागि ब्याट्मिन्टनजस्तै हो । मलाई मनपर्ने खेलाडीहरूले यो खेल खेलेको देखेरै मैले पनि यसका विभिन्न ट्रिक सिकेकी हुँ । विद्यालयमा छँदा मैले यसका केही प्रतियोगितामा विजयसमेत हासिल गरेकी थिएँ । 

 

लुडो 

मेरी आमा तथा भाइलाई असाध्यै मनपर्ने यो खेल मलाई पनि उत्तिकै मनपर्छ । खासगरी घरमा फुर्सद भएका बेला हामी प्राय: लूडो खेलिरहेका हुन्छौं । 

 

तेक्वान्दो 

म तेक्वान्दो खेलाडी पनि हुँ । मैले करिब तीन वर्ष यो खेलको औपचारिक प्रशिक्षण लिएँ । मैले तेक्वान्दोका केही प्रतियोगितामा सफलता समेत हासिल गरेकी छु ।

 

साइकिलिङ

म ग्ल्यामर क्षेत्रमा आउनुअघि कुनै बेला यस्तो पनि थियो, म दिनको १५ देखि २० किलोमिटर साइकल कुदाउँथे । अहिले पनि साँझको समयमा एयरफोनमा गीत सुन्दै साइकिलिङ गर्नु मेरो सौख हो । 

 

प्रकाशित :वैशाख २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्