चुनाव जित्नेहरूलाई के सुझाव दिनुहुन्छ ?

- साप्ताहिक संवाददाता

जेष्ठ २३, २०७४

भूकम्प प्रभावित क्षेत्रमा बन्ने–बनाइने संरचनाहरू अपाङ्गमैत्री हुन् ताकि अपाङ्गहरूलाई पनि देशको पहिलो दर्जाको नागरिक हुँ भन्ने आभास मिलोस् ।

दिलीप सापकोटा

ज–जसले चुनाव जित्नुहुन्छ सबैले आफ्ना नातागोता अनि सहकर्मीलाई हेर्नुहोस् । त्योभन्दा त के नै गर्न सक्नुहुन्छ र ? 

विष्णु थापा

अर्को चुनाव पनि आउँछ । त्यसैले यसपटक गरेका वाचाहरू पूरा गर्नुहोस् । 

दीपेश आचार्य

हामीले दिएको मतको सदुपयोग गर्नुहोला । 

सन्दीप दाहाल

काम गरेर देखाउनुहोस् । 

सौरभ उपाध्याय

आफ्नो गोजी भर्ने काम मात्र नगर्नुहोला । 

देवेन्द्र तिमिल्सिना

घोषणापत्रमा उल्लेख भएका कार्यक्रमहरूलाई व्यवहारमा लागू गराउन ठोस निर्णयसहित पाइला चाल्नु आवश्यक छ ।

बोधनाथ पौडेल

हामीले भन्नु मात्र त हो नि, काम गर्नेले गर्ने होइन । तैपनि चुनाव जितेपछि भ्रष्टचार नगरी देश र जनताको भलो हुने काम गर्नुहोस्— शुभकामना ।

प्रज्ञान

एउटा कालो मर्सिडिज कार किन्नुपर्छ, छोराछोरी विदेशमा पढाउनुपर्छ । 

अनिल

पार्टीभन्दा माथि उठेर देशको समृद्धितर्फ अगाडि बढ्नुपर्छ ।

वसन्त गिरी

चुनाव जितेर केही हुँदैन, जनताको मन जित्नुपर्छ अनि मात्र वास्तविक जित हुन्छ ।

विकेश मानन्धर

भोट माग्न नमस्ते गर्दै आउनुभयो । अब हामीले नमस्ते गर्दा मुन्टो नबटार्नुहोला । एक माघले जाडो जादैन भन्ने कुरामा विचार गर्नुहोला ।

मधु सिलवाल 

चुनाव खर्च उठाउनुस् अनि विकासमा ध्यान दिनुहोस् । 

राम वाग्ले

सय प्रतिशतमा केही मात्रामा भ्रष्टाचार होला, तर आफ्नो ठाउँको विकास पनि गर्नुहोस् । 

जनक विक्रम खाँड ठकुरी

जनतालाई खुसी राख्नुहोस् ।

दिलीप

आफ्नो काम गर्नुहोस् ।

जीवन

खाडी जाने युवालाई रोक्न ठोस कार्यक्रम ल्याउनुहोस् । 

कमल मगर

भोजभतेरतिर नलागी काम गर्नतिर लाग्नुहोस् । 

कमल क्षेत्री

अर्को चुनाव सम्झेर काम गर्नुहोस् । 

नवीन

आफ्ना सन्तान मात्र होइन, जनताका सन्तान पनि हेर्नुहोस् ।

हरिकृष्ण

भेष होइन देश बनाऊ भन्न मन छ ।

डिल्लीराज पाण्डे

 

प्रकाशित :जेष्ठ २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्