मेहनतको फल पाएकी छु

  • रोजिना श्रेष्ठ, मिस नेपाल अर्थ २०१७

- कृष्ण भट्टराई

जेष्ठ ३०, २०७४

 

मिस नेपाल अर्थको उपाधिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मैले जति मेहनत गरेकी थिएँ, त्यसको फल प्राप्त गरेकी छु । त्यसैले यो उपाधिप्रति सन्तुष्ट छु । 

 

यसअघि सौन्दर्य प्रतियोगिताको अनुभव थियो कि थिएन ? 

सन् २०१४ मा मैले मिस एपेक्सको उपाधि जितेकी थिएँ भने केही मोडल हन्टहरूमा पनि भाग लिएकी थिएँ । 

 

मिस नेपालको सहभागितालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

मैले मिस नेपालमा जिरो लेभलबाट यात्रा प्रारम्भ गरेकी थिएँ । आजको दिनसम्म आइपुग्दा मैले आफूलाई एउटी परिपक्व युवतीका रूपमा पाएकी छु । प्रतिस्पर्धामा विजयी नै भएपछि यो सहभागिताप्रति खुसी पनि छु । 

 

मिस नेपालको समग्र परिणामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

अघिल्ला वर्षहरूमा परिणामका बारेमा जे–जस्ता नकारात्मक टिप्पणी सुनिन्थ्यो, त्यो यो वर्ष सुन्नुपरेको छैन । ज–जसले जुन–जुन उपाधि प्राप्त गर्नुभएको छ, त्यसका लागि उहाँहरू सक्षम हुनुहुन्छ । 

 

मिस अर्थ–२०१७ को तयारी कसरी प्रारम्भ गर्दै हुनुहुन्छ ? 

आगामी अक्टोबर २८ मा हुने यो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी अबको केही दिनमै प्रारम्भ हुनेछ । मिस नेपालका लागि हामीले पाएको छ हप्ताको प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त छैन, त्यसैले हामीलाई अझ बढी प्रशिक्षण तथा ग्रुमिङको आवश्यकता छ । हिडेन ट्रेजरको सहभागितामा त्यो सबै कार्य गर्नुपर्नेछ । 

 

निकितालाई मिस नेपालका रूपमा पाउने अनुमान गर्नुभएको थियो ? 

मलाई त उनैले उपाधि जित्छिन् भन्ने कुरा प्रशिक्षणकै क्रममा अनुमान थियो । उनमा जहिले पनि नयाँ कुरा सिक्ने– खोज्ने बानी छ । त्यसबाहेक निकितामा भएको आत्मविश्वास तथा आफूलाई अभिव्यक्त गर्न सक्ने क्षमता पनि अद्वितीय छ ।

प्रकाशित :जेष्ठ ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्