वर्षा यामका उपयोगी फेसन
असार १७, २०७४
रेनकोट : पैदल यात्री र दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ताहरूका लागि उपयोगी मानिने रेनकोट विभिन्न कलर तथा साइजमा उपलब्ध छन् । चीन तथा नेपालमा निर्मित यी रेनकोट सिंगल, डबल एवं टु पिसमा उपलब्ध हुन्छन् । सिंगल र डबल रेनकोटको मूल्य ५ सय रुपैयाँभन्दा माथि तथा टु पिसको मूल्य १ हजार ४ सय रुपैयाँदेखि ३ हजार ८ सय रुपैयाँसम्म पर्ने गरेको छ ।
छाता : चीनमा निर्मित यो छाता विभिन्न रंगमा उपलब्ध छ । यी छाता सिंगल, डबल र ट्रिपल फोल्डिङमा खरिद गर्न सकिन्छ । प्रिन्टेड र प्लेन कलरमा महिला र पुरुषले प्रयोग गर्न मिल्ने यी छाताको मूल्य ३ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म पर्छ ।
स्याण्डल : वर्षामा कुनै पनि नकारात्मक असर नपरोस् भनेर प्लास्टिक तथा रबरद्वारा निर्मित स्याण्डलहरू उपलब्ध छन् । चीन र थाइल्यान्डमा निर्मित यी स्यान्डल किटो, स्लिपर तथा क्लर्क स्टाइलमा खरिद गर्न सकिन्छ । बालबालिकादेखि युवा–युवतीहरूसम्मलाई हुने रंग र साइजमा पाइने यी स्याण्डलको मूल्य ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म छ ।
प्रकाशित :असार १७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्