देखिएन फुर्ती

- साप्ताहिक संवाददाता

असार १९, २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनताका खुबै चुरीफुरी थियो राप्रपाकी नवप्रवेशी नायिका रेखा थापाको । यद्यपि दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा बेलुनको हावा फुस्किएजस्तै भएको छ रेखालाई । भर्खर–भर्खर केन्द्रीय सदस्यमा निर्वाचित नायिकालाई त्यतिबेला पार्टीले चुनावी सभाहरूमा राम्रैसँग प्रयोग गरेको हो र पार्टी उक्त चरणमा राम्रैसँग पछारिएको पनि देखियो ।

अब भन्नेहरू त पहिलो चरणको खराब परिणामपछि पार्टी अध्यक्ष चुनावी सभामा नायिका थापालाई लाने कुरामा आफैं तर्सिएका छन् पनि भन्छन्, तर किन हो दोस्रो चरणमा रेखालाई पार्टीले त्यति प्रयोग गरेको देखिएन । स्वयं रेखाले नभ्याएर पनि हुन सक्छ । जे होस्, दोस्रो चरणमा नायिका थापाको पार्टीकै फुर्ती देख्न पाइएन भने उनको व्यक्तिगत फुर्ती त कहाँबाट देखिएला र ? 

 

प्रकाशित :असार १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्