झरीमा ककटेलको मज्जा
श्रावण १५, २०७४
बाहिर झमझम पानी परिरहेका बेला मदिराको चुस्की लिँदै समय बिताउनुको मज्जा बेग्लै हुन्छ । यहाँ गर्मी र पानी पर्ने मौसममा पिइने सामान्य मदिराभन्दा केही विशेष र फरक खालका ककटेल्सको चर्चा गरिएको छ, जसलाई घरमै बनाएर यो मौसमको आनन्द उठाउन सकिन्छ ।
सनसेट ककटेल
अरेन्ज जुस, पाइनापल जुस तथा कोकोनट रममध्ये सिसाको गिलासमा पालैपालो अरेन्ज जुस, कोकोनट रम तथा अन्त्यमा पाइनापल जुस हाल्ने । उक्त शिशाको गिलास बाहिरबाट सुर्यास्त अर्थात सनसेट हुन लागेको बेलाको रंगमा देखिन्छ ।
स्याम्पियन फ्रुट पप्स
बजारमा अरेन्ज, पाइनएप्पल आदि फ्लेवरका बरफ उपलब्ध हुन्छन् । ती बरफलाई वाइन गिलासमा राख्ने र माथिबाट ह्वाइट वाइन खन्याउने । एकैछिन बरफ पग्लन दिने र बिस्तारै चुस्की लिने । बरफ पग्लिदैं वाइनमा मिसिदै जान्छ र यो ककटेलको मज्जा पनि वृद्धि हुँदै जान्छ ।
साङरिया
साङरिया स्पेनिस ककटेल हो । विभिन्न फलफूलका टुक्रा तथा जुसमा ह्वाइट रम खन्याएर पिइने यो ककटेल बनाउन पनि सजिलो छ । भुइँकटहर, मेवा, आँप, अम्बा, स्याउ आदिका स–साना टुक्रा मिसाएर गिलासमा राख्ने, कुनै पनि फलफुलको जुस हाल्ने र माथिबाट रेड वा ह्वाइट बाइन खन्याउने । यसरी तयार पारिएको ककटेललाई एकघण्टा जति त्यतिकै छाडने र त्यसपछि पिउने ।
वाटरमेलन स्ट्रबेरी स्लस
खरबुजालाई आधा चिर्ने, आधा भागबाट गुदी निकाल्ने र गुदीको बियाँ छानेर त्यसमा स्ट्रबेरी तथा बरफका टुक्रा मिसाएर मिक्चरमा मिक्स गर्ने । त्यसलाई खरबुजाको गुदी निकालेको भागमा खन्याउने र त्यसमाथि १ सय २० एमएल ह्वाइट रम हाल्ने । ह्वाइट रम नभए ह्वाइट वाइन हाल्दा पनि हुन्छ । यसरी तयार पारिएको ककटेल साथीभाइबीच स्ट्रोले तानेर पिउन सकिन्छ ।
प्रकाशित :श्रावण १५, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्