विदेशमा बस्दा नेपालको के कुरा मिस हुन्छ ?
आश्विन २२, २०७४
जब–जब कामबाट थाकेर कोठामा आइन्छ, आमाले पकाएको भात मिस हुन्छ अनि आकाशमा उडेको जहाज देखेपछि कहिले आफू पनि मातृभूमि जाउँm भन्ने हुन्छ ।
- ऋषि थापा
नेपालमा रहँदाको सुख, चाडपर्व, मन एकातिर शरीर अर्कातिर हुनु नै सबैभन्दा ठूलो पीडा हो ।
- अनिता बस्याल
ठेलामा बेचिने बाक्लो दूध हालेको चिया, हातमा चुरोट अनि ती केटाहरू ।
- तेजिन्द्र प्रतापवीर क्षेत्री
सबैभन्दा पहिले त आफ्नो घर–परिवार मिस हुन्छ । त्यसपछि नेपालको सुन्दरता एवं विविधता मिस हुन्छ अनि नेपाली खाना, नेपाली परिवेश सबै मिस हुन्छन् ।
- छ्योसिङ
परिवार, आफ्नो गाउँघर, आफ्नो घरको मीठो खाना, अनि प्यारी केटी साथी ।
- खेम राज
बाटोको खाल्डा–खुल्डी, धूवाँ–धूलो, अभाव र काला बजारी, भ्रष्ट प्रशासन अनि त्यसमा पिल्सिएका सामान्य नेपाली जनता ।
- सुरेश खड्का
आफ्नो वनपाखा, माटो अनि बाटो ।
- भूमिराज राई
नेवारी खाजा सेट, मम, चाउमिन अनि केटाहरूसँग प्रत्येक शुक्रबारको नाइट स्टे ।
- प्रशान्त श्रेष्ठ
घर–परिवार, आफन्तजन, आफ्नो ठाउँ त मिस गरिन्छ तर एउटा कुरा चाहि परदेशमै आएर पाइन्छ, त्यो हो— नेपालप्रतिको माया ।
- सुवास परियार
परिवारसँग बिताएका मीठा पल तथा दाइहरूसँग बसेर खाएको ठेलाको झोल मम ।
- सुमित घिमिरे
परिवार, गाउँघर, साथीभाइ, छरछिमेकदेखि लिएर खानपान आदि सबैथोक जुन आफूले स्वदेशमा अनुभव गरिँदै आइएको थियो ।
- एस चाम्लिङ
खासगरी आमाको माया अनि चाडपर्वहरू ।
- प्रमोद गौतम
प्राणभन्दा प्यारी मेरी उनी ।
- नेयमार
कामबाट थाकेर कोठामा आउँदा आमाले पकाएको मीठो भात खुब मिस हुन्छ ।
- दिपेश पोखरेल
सबै कुरा मिस हुन्छ, तर परिवार र आमाले बनाएको खानाको बढी सम्झना आउँछ ।
- डल्ली
आमाले पकाएको खाना, गाउँघर, साथीभाइ अनि देशको राजनैतिक वातावरण ।
- लिम्बू मास्टर
विदेशमा बस्दा नेपालको कला, संस्कृति, चाडपर्व आदिको सम्झना आउँछ ।
- युरिकराज नेपाली
सबैभन्दा पहिले आफ्नो परिवार र त्यसपछि चाडबाड ।
- थानेश्वर
आफ्नो गाउँलाई सधैं मिस गरिन्छ ।
- कमल नेपाल
नेपालको राजनीति र नेताबाहेक सबै कुरा मिस हुन्छ ।
- निमेष बस्नेत
आमाको माया ।
- दीप
चाडपर्व, रमाइलो, भेटघाट, घुमघाम यस्तै मिस हुन्छ हजुर ।
- समिर श्रेष्ठ
चाडपर्व र सिजनअनुसारको फलफूल ।
- किरण ढुंगाना
परिवारको माया अनि साथीभाइको दोस्ती ।
- आदिम सुब्बा
एउटा भए पो भन्नु, कति छन् कति ?
- नवीन
चाड पर्व, रेडियो, टिभीका मीठामीठा धुन ।
- जे एन दाहाल
प्राकृतिक सम्पदा ।
- चिरन्जीवी सापकोटा
धूवाँ, धूलो र हिलो, अरू के हुनु र ?
- जीवन लुइँटेल
आफ्नो परिवार धेरै मिस गर्छु ।
-शिव
प्रकाशित :आश्विन २२, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्