साम्राज्ञीको तेस्रो चलचित्र चैत्र २३ मा
मंसिर ९, २०७४
चलचित्रबृतमा अहिले अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको राम्रो चर्चा छ । पहिलो चलचित्रबाटै स्टार बनेकी साम्राज्ञीले अभिनय गरेको तेस्रो चलचित्र ‘तिमि सँग’ चैत्र २३ गते अल नेपाल रिलिज हुने भएको छ । शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्र साम्राज्ञी भएकै कारण प्रतिक्षित बनेको छ ।
यो चलचित्रमा साम्राज्ञीले अभिनेता आकाश श्रेष्ठसँग जोडी बाँधेकी छिन् । सांगीतिक प्रेम कथामा बनेको चलचित्रमा यो जोडीका साथमा नाजिर हुसेनको पनि मुख्य भुमिका रहेको छ । त्यसो त् चलचित्रका लागि थुप्रै कलाकारहरुले गेष्ट रोलमा काम गरेका छन ।
प्रकाशित :मंसिर ९, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्