र्याम्पमा एसिड आक्रमण पीडित
मंसिर १९, २०७४
भारतमा विभिन्न घरेलु हिंसाका कारणले वार्षिक १ हजारको हाराहारीमा महिलाहरू एसिड आक्रमणको सिकार हुने गरेका छन् । यस्तो आक्रमण दाइजो, प्रेममा धोका, एकतर्फी प्रेम, बहुविवाहजस्ता कारणले हुने गरेको छ ।
एसिड आक्रमणमा परेर अनुहार कुरूप भएका कारण बाटोमा हिँड्डुल गर्न पनि अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने पीडित महिलाहरूलाई सामाजिक प्रतिष्ठा दिलाउन र उनीहरू पनि सुन्दरी देखिन्छन् भन्ने कुरा प्रमाणित गर्न हालै नयाँ दिल्लीमा भव्य फेसन शोको आयोजना गरियो ।
उक्त फेसन शोमा भारतका चर्चित फेसन डिजाइनर रोहित वल, रन्ना गिल, अर्चना कोचरले डिजाइन गरेको ड्रेस लगाएर नौ जना एसिड पीडित मोडलहरू र्याम्पमा हिँडेका थिए ।
यो कार्यक्रममा गत वर्ष न्युयोर्क फेसन शोमा मोडलिङ गरिसकेकी २० वर्षीया रेश्मा कुरेशीले पनि भाग लिएकी थिइन् ।

प्रकाशित :मंसिर १९, २०७४




















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्