वेडिङ डेस्टिनेसन @ सगरमाथा बेस क्याम्प
माघ ११, २०७४
पछिल्ला केही वर्षमा सगरमाथाको आधार क्षेत्रमा पुगेर विवाह गर्ने चलन बढ्दो छ । गत वर्ष एक जोडी अमेरिकीले सगरमाथाको आधार शिविरमा विवाह गरेका थिए । यो वर्ष पनि अस्ट्रेलिया र फिनल्यान्डका एक जोडीले सगरमाथाको आधार शिविरमा पुगेर विवाह गरेका छन् ।
विवाह गर्न साहसिक यात्रा गर्नुपर्ने मान्यता एवं आफ्नो विवाह विश्वकै लागि नौलो साबित होस् भनेर पनि कतिपय जोडीलाई सगरमाथाले आकर्षित गर्दै आएको छ ।
अस्ट्रेलियामा व्यापार गर्ने ३२ वर्षीया हेडी टुरुनेन र फिनल्यान्डका ३१ वर्षीय सिकर्मी टोम रेनले ९ दिनको पैदल यात्रा गरेर सगरमाथाको आधार शिविरमा विवाह गरेका थिए ।
सन् २०१३ देखि प्रेममा रहेको यो जोडीले ५ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा पुगेर विवाह गरेको हो । उनीहरूले आफ्नो विवाहको भोज भने थाइल्यान्डमा दिएका थिए ।
प्रकाशित :माघ ११, २०७४























तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्