अब आफैं निर्देशक
माघ १३, २०७४
चारवटा चलचित्र निर्माण गरिसकेकी निर्मात्री कृषा चौलागाईंका बारेमा भनाइ छ कि उनको आफ्ना चलचित्रका निर्देशकहरूसँग जम्दैन अर्थात् उनीसँग काम गरिसकेका निर्देशकहरू कहिल्यै उनका चलचित्रमा दोहोरिएनन् । केहीसँग उनको सम्बन्ध नै बिग्रिसकेको छ । यद्यपि आफ्नो आगामी चलचित्रका लागि कृषा केही अघिसम्म निर्देशककै खोजी गरिरहेकी थिइन् ।
सानै उमेरमा १२ वर्षअघि चलचित्र इन्साफ निर्माण गरेर निर्मात्रीका रूपमा चलचित्र क्षेत्रमा आएकी कृषाले त्यसपछि कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु निर्माण गरिन्, तर चलचित्र निर्माण एवं प्रदर्शनका दौरान तीनवटै चलचित्रका निर्देशक सोभित बस्नेत, रामराजा दाहाल तथा शबिर श्रेष्ठसँग उनको सम्बन्ध बिग्रियो ।
पछिल्लो चलचित्र ‘पलाँस’को त छायांकन पूरा नहुँदै निर्देशक सुवास कोइरालासँग पानी बाराबारको स्थिति सिर्जना भयो । कृषा अब आफ्नो जीवनको पाँचौं चलचित्र निर्माण गर्दैछिन् । यसपटक भने कृषाले अरूलाई निर्देशक नलिएर आफैं उक्त चलचित्र निर्देशन गर्ने निधो गरेकी छिन् । ‘मैले सही निर्णय गरेकी होइन त ?’ कृषा शुभेच्छुकहरूसँग राय लिँदै थिइन् ।
प्रकाशित :माघ १३, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्