काठमाडौंसम्म कोकिन पुर्याउनेहरू पनि भरिया नै हुन्
माघ २०, २०७४
काठमाडौंसम्म कोकिन पुर्याउनेहरू पनि भरिया नै हुन् (काठमाडौं कोकिन ट्रान्जिट) । अन्त्यमा फस्ने पनि भरियाहरू नै हुन् । सत्ता र शक्तिमा हुनेहरू जहिल्यै उम्किन्छन् । दु:ख पाउने त होचा तथा निर्धाहरूले मात्र हो ।
राजन खरेल
केकी अधिकारीजस्ती कलाकारलाई पारिश्रमिक प्राप्त गर्न यस्तो समस्या पर्छ भने अरूको अवस्था के होला (यात्रा सन्दर्भ : कोहलपुर एक्सप्रेसमा केकी) ? कलाकारहरूलाई सित्तैंमा काम लगाएर कसरी राम्रो चलचित्र बनाउन सकिन्छ ?
हरिहर जोशी
गायक शिव परियारले चलचित्रका गीत पनि गाउनु राम्रो (अन्तर्वार्ता : अब चलचित्रमा गाउँदिनँ) । यसले उनलाई आफ्नो उचाइ कायम राख्न सहयोग पुर्याउँछ ।
पिवन लिम्बू
युट्युबको कडाइले नयाँ आउनेहरूलाई अप्ठ्यारोमा पारेको छ (साइन्स एन्ड टेक्नो : युट्युबमा परिवर्तन) । जथाभावी जस्तो पायो त्यस्तो भिडियो अपलोड गरी पैसा कमाउने खोज्नेहरूका विरुद्ध युट्युबले चालेको निर्णय सही छ ।
रामराज भण्डारी
बाध्यताले बिदेसिनुपरे पनि आफ्नो इच्छालाई कहाँ मार्न सकिन्छ र (चर्चामा : विदेश बसेर स्वदेश घन्काउँदै) ? विदेशमा कैयौं समस्या, अप्ठ्यारा हुँदाहँुदै पनि गीत–संगीतलाई निरन्तरता दिनु चुनौतीपूर्ण नै छ । सबै कलाकार ती चुनौती पार गर्दै अघि बढेका छन् । यो खुसीको कुरा हो ।
विष्णु खत्री
कस्तो अचम्मको कार (इसाराबाटै चल्ने कार) † तर पेट्रोल भर्ने झन्झट नभएकाले यो सजिलो पनि होला ।
सौगात क्षेत्री
सहिद शब्दकै अवमूल्यन भयो (गजुरियल विश्लेषण : सहिदको खेती कसरी गरिन्छ ?) । जसलाई पनि सहिद घोषणा गर्ने अनि १० लाख रुपैयाँ बाँड्ने परिपाटी उचित होइन ।
हिमाल बस्नेत
थारु जागृति क्लबले राम्रो काम थालेको छ (खिचडी महोत्सवको आकर्षण) । कला एवं संस्कृतिको जगेर्ना तथा स्थानीय पर्यटनको प्रचारमा जोड दिनु अझ उपयुक्त हुन्छ ।
सन्तोष केसी
जाल्टानले दर्शकहरूलाई आकर्षित गर्न टाटु खोपाएका होलान् (मैदानबाहिर : थपियो टाटु) । जे होस्, उनको टाटु आकर्षक छ ।
सोनम ठकुरी
बिदामा बालबालिकाहरूलाई घुमाउने स्थानसम्बन्धी जानकारी उपयोगी लाग्यो (मौसम घुमघामको) । ओझेलमा परेका यस्ता अन्य कतिपय स्थान छन् । तिनलाई पनि साप्ताहिकमा स्थान दिइयोस् ।
भीम थापा
प्रहरीले आफ्नो सक्रियता नछाडोस् (अपराध : गौचन र तिवारी हत्याकाण्ड) । अपराधीहरू उम्किन नपाउन् । समाजमा शान्ति सुरक्षा कायम होस् ।
प्रकाश बिसी
एक जोर जुत्ता यति धेरै महँगो (३ करोडभन्दा बढी पर्ने जुत्ता) ? यो त धनाड्यहरूले मात्र खरिद गर्न सक्छन् ।
प्रमोद नेपाल
धुर्मुस सुन्तलीले उदाहरणीय काम गर्नुभएको छ (बस्ती होइन सहर नै बसाउदै धुर्मुस सुन्तली) । इमान्दारीपूर्वक काम गर्दा संसारले साथ दिने रहेछ ।
रोजी न्यौपाने
बजारमा यस्ता हल्लाहरू चलिरहन्छन् (आश्चर्यमा दीपिका) । आफ्नो अध्ययन पूरा गरेपछि फेरि चलचित्रलाई निरन्तरता दिने दीपिकाको सोच सकारात्मक छ ।
खेमराज कैनी
प्रमिला न्यौपानेले कम्तीमा यस्तो कुरामा बोल्ने, लेख्ने आँट गरिन् (यौन प्रस्तावको आरोप) तर कतिपयले त बोल्ने आँट समेत गर्दैनन् । प्रस्टसँग आफ्ना कुरा व्यक्त गर्ने हिम्मत गर्नुपर्छ । त्यसपछि दोषीहरू आफैं किनारा लाग्दै जान्छन् ।
दिलीप कुँवर
प्रकाशित :माघ २०, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्