अरुचि हटाउन भोक बढाउन
फाल्गुन २९, २०७४
पेटको अग्नि कमजोर भएपछि खाना पच्दैन र खाना रुचिकर समेत हुँदैन ।
हर्रोको चूर्ण र सुठो सख्खर वा सिधे नुनसँग खाँदा मन्दाग्नी ठीक भएर भोक बढ्छ ।
बिरेनुन अर्थात् कालोनुन चाट्दा ग्याँसको समस्या हट्छ, भोक बढ्छ र पेट सफा हुन्छ ।
हर्रो एवं सुठोको चूर्ण तथा सख्खर मोहीमा मिसाएर खाँदा भोक बढ्छ र पेटको समस्या समाधान हुन्छ ।
दैनिक स्याउ खाँदा भोक बढ्छ भने रगत शुद्ध अनि पेट सफा हुन्छ ।
ज्वानोको पाउडरमा सिधेनुन मिसाएर बिहान मनतातो पानी पिउँदा भोक बढ्छ भने बाथ रोगमा पनि फाइदा हुन्छ ।
जायफल चूर्ण १ ग्राम महसँग चाट्दा मन्दाग्नि हटेर पाचन अग्नि प्रबल हुन्छ ।
कागतीको रस पानीसँग खाँदा भोक बढ्छ ।
खाना खानुभन्दा पहिले अदुवा र सिधेनुन खाँदा भोक बढ्छ ।
प्रकाशित :फाल्गुन २९, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्