निरुता अनुभवकी आमा
वैशाख १६, २०७५
५ वर्ष पछि नेपाल आएकी पुरानी अभिनेत्री निरुता सिंहका फ्यानले फेरि उनलाई पर्दामा देख्न पाउने भएका छन् । केहि दिन अघि एक अवार्ड समारोहमा सहभागी हुन नेपाल आएकी निरुता चलचित्र ‘नाई न भन्नु ल ५’ मार्फत दर्शक सामु प्रस्तुत हुन लागेकी हुन् । यो चलचित्रमा निरुताले बाल कलाकार अनुभव रेग्मीकी आमाको भूमिका निर्वाह गर्ने बताईएको छ ।
अवार्ड कार्यक्रम सकिएसँगै मुम्बई फर्किने तयारीमा रहेकी निरुताको नेपाल बसाई चलचित्रमा अनुबन्धित भएसँगै लम्बिएको छ । आगामी भदौ ८ गते देखि रिलिज गर्ने भनिएको यो चलचित्र विकास राज आचार्यले निर्देशन गर्दै छन् ।
चलचित्रमा निरुतासँगै प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दिलीप रायमाझी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
प्रकाशित :वैशाख १६, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्