लाइभ कन्सर्ट २ छायाँ
वैशाख २८, २०७५
आज र भोलिको दिन सांगीतिक वातावरणमा रमाउन चाहनुहुन्छ भने लाइभ कन्सर्टमा भाग लिन सक्नुहुन्छ, जहाँ प्रयास तथा ह्वाइट ताराले प्रस्तुति दिनेछन् । लाइभ कन्सर्टसँगै कल्चरल डान्स, फुड स्टल, विभिन्न खेल एवं हस्तकलाका सामानहरू यो कार्यक्रमका आकर्षण रहनेछन् ।
स्थान : छायाँ सेन्टर, ठमेल
समय : साँझ ४ बजेदेखि १० बजेसम्म
विकेन्ड म्युजिक
आजको साँझ सांगीतिक वातावरणमा बिताउन चाहनुहुन्छ भने द काठमाडौं किलर्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ । द काठमाडौं किलर्स ब्यान्डले कार्यक्रममा विभिन्न परिकारका साथ संगीतको धुनमा सबैलाई झुमाउने तयारी गरेको छ ।
स्थान : हाउस अफ म्युजिक, ठमेल समय : ७ :३० देखि १० बजेसम्म
प्रबेश : २ सय रुपैयाँ
प्रकाशित :वैशाख २८, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्