ब्राण्ड एम्बास्डर धिरज
जेष्ठ १८, २०७५
नेपाल डे को अवसर पारेर हङकङ याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको २५६२ औँ बुद्ध जयन्ती कार्यक्रममा गायक तथा अभियान्ता धिरज राई ब्राण्ड एम्बास्टर घोषित भएका छन् । हङ्कङका नेपालीहरुको सक्रियतामा पूर्वी नेपालको धरान छोटी मोरङ्मा निर्माणाधिन थाउजेन बिग बुद्धको लागि राई ब्राण्ड एम्बास्डर बनेका हुन् ।
कार्यक्रममा राईलाई सुर्यादय बुद्ध विहारका प्रमुख भिक्षु मेधंकर नारायणबहादुर आले, थाउजेन विग बुद्ध निर्माणका संयोजक प्रदिप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष रीता गुरुङ् लगायतले एम्बास्डरको प्रमाणपत्र सहित सम्मान गरेका थिए ।
हङकङ नेपाली महासंघ र थाउजेन बिग बुद्ध नेपालको आयोजनामा निशुल्क प्रवेश सहित सम्पन्न कार्यक्रममा कवियत्री सुनिता गिरीको कविता, स्थानिय बालबालीकाहरुको नृत्य सहित गायक धिरज राईले आफ्नो अभियान र चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।
प्रकाशित :जेष्ठ १८, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्