उपत्यकाबाहिरका कलेजहरू पनि अब्बल दर्जामा
असार ४, २०७५
उपत्यकाबाहिरका कलेजहरू पनि अब्बल दर्जामा पर्न सफल भए (फ्रन्टपेज : अब्बल प्लस टु) । उत्कृष्ट परिणाम ल्याउने सफल कलेजहरूलाई बधाई छ । निरन्तर मेहनत गर्ने हो भने राम्रो परिणाम ल्याउन असम्भव छैन ।
हिमाल श्रेष्ठ
संसारमा कुनै पनि कुरा स्थायी हुँदैन (युवा मन : दु:खको मूल्य) । चाहे दु:ख होस् वा सुख । निश्चित समयपछि त्यो चक्र फेरिन्छ । तत्काल आपत् आइलाग्दा ठूलोजस्तो लागे पनि दु:ख क्षणभंगुर हो ।
हितेश खड्का
सबै आ–आफ्नो ठाउँमा सक्रियताका साथ काममा लाग्ने हो भने विकास हुन धेरै समय लाग्दैन (मंगल होस्, हाँसोको मुहान खोज्दै जाँदा) ।
नवराज अधिकारी
निर्धक्क र निडर रूपमा आफ्ना कुरा व्यक्त गर्ने लेखक हुन्— कुमार नगरकोटी (यात्रा सन्दर्भ : मेरो अतीत पतित छ) । लेखनमा उनले कुनै कुरा लुकाए जस्तो लाग्दैन । लेखक भनेको नगरकोटीजस्तै हुनुपर्छ ।
हेमराज भण्डारी
नेपाली कलाकार त्यहाँसम्म पुग्नु ठूलो कुरा हो (अन्तरवार्ता : पहिलो नजरमै मनीषालाई एसाइन गरिसकेको थिएँ) । सुभाष घईजस्ता व्यक्तित्वले सुरुमै विश्वास गर्नु अझ ठूलो कुरा हो ।
सुरेन्द्र कार्की
साप्ताहिकका सबै विषयवस्तु राम्रा छन् । साप्ताहिक प्रगतिपथमा लम्किँदै जाओस् । विश्वकप फुटबलका बारेमा अझ विस्तृत जानकारी पाइयोस् ।
समर्पण सन्देश
यो देविना थापाको ठूलो सफलता हो (साइन्स एन्ड टेक्नो : सूक्ष्मग्रहको नाम देविना थापा) । यो सफलता नेपालीहरूका लागि खुसीको कुरा पनि हो । देविना अमेरिकामा रहेका अन्य विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएकी छिन् ।
अमन शाही
यो सामग्री रमाइलो लाग्यो (कलाकारको इनबक्स) । प्रविधिको जति विकास भए पनि चिठीपढ्नुको आनन्द बेग्लै हुन्थ्यो । कलाकारको नाममा सामाजिक सञ्जालमा नक्कली एकाउन्ट देख्दा भने नरमाइलो लाग्छ ।
केशव चौधरी
यो कलाकारहरूका लागि खुसीको कुरा हो (संगीत : रोयल्टीमा उत्साह) । म्युजिक कम्पनीहरूले कलाकारहरूको शोषण गरिरहेका छन् । आफू मात्र कमाउँने र स्रष्टाहरूलाई मर्कामा पार्ने खेलको अन्त्य हुनुपर्छ ।
सन्देश अर्याल
गायिका कविता शिवाकोटीलाई बधाई छ (कविताको एल्बम) । तपाईंका दुवै एल्बमले सफलता पाऊन्— शुभकामना ।
सुवास बजगार्इं
मन मिलेपछि उमेरले खासै फरक पार्दैन (१० वर्ष कान्छासँग डेटिङ) । प्रियंका र निकको जोडी राम्रैसँग जमिरहेको छ । उनीहरूबीचको सम्बन्ध बलियो होस् ।
मनिष सिंह
नेपथ्य देश–विदेशका कुनाकुनामा घन्कियोस् (दुई अमेरिकी सहरमा नेपथ्य) । नेपाली गीत–संगीतको प्रबद्र्धनमा नेपथ्यको भूमिका उल्लेखनीय छ ।
खेम गुरुङ
देशमा महँगी निरन्तर बढिरहन्छ (समय सन्दर्भ : डियर तलब), तर तलब भने बढ्दैन । महँगीअनुसार नागरिकको कमाइ पनि बढ्नुपर्यो । अधिकारी रवीन्द्र आमनागरिकको समस्या टपक्क टिप्न सफल हुनुभएको छ ।
राजेश बुढाथोकी
यो घटनाको सत्य तथ्य छानबिन होस् (अपराध : फरार अभियुक्त सुटुक्क अदालतमा) । पहुँचवाला र पैसावालाले उन्मुक्ति पाउने अनि सर्वसाधारणले जेल बस्नुपर्ने नियति नदोहोरियोस् । कानुन सबैका लागि बराबर होस् ।
प्रेमकृष्ण कार्की
प्रकाशित :असार ४, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्