ट्रेलरमा भैरे

- साप्ताहिक संवाददाता

असार ६, २०७५

 

श्रावण ४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सन प्रस्तुत गरिएको छ । 

चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।

सुर्य बोहराले निर्देशन गरेको चलचित्रमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीले सयुक्त रुपमा लगानी गरेका छन् ।  

चलचित्रमा सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेका छन् । 

भैरे ट्रेलर :

प्रकाशित :असार ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्