लिभिङ टुगेदरले समस्या निम्त्याइरहेको छ

- साप्ताहिक संवाददाता

असार १८, २०७५

 

लिभिङ टुगेदरले समस्या निम्त्याइरहेको छ (फ्रन्टपेज : लिभिङ टुगेदरका लफडा) । कसैसँग रिलेसनमा बस्नुअघि सावधानी अपनाउनु जरुरी छ । 

अमन अधिकारी

विश्वकप फुटबलका कारण धेरै क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ (विश्वकपमा व्यवसायिक अफर) । यसरी आर्थिक गतिविधि बढ्नु सुखद कुरा हो । 

चिरञ्जीवी ढकाल

पुरानो पुस्ताबाट नयाँ पुस्ताले सिक्नुपर्ने धेरै कुरा छन् (यात्रा सन्दर्भ : शैलेन्द्रका सपना) । नाम र चर्चाका लागि लेखनमा आएका मानिस थुपै्र छन् । शैलेन्द्रको सक्रियताबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं ।

उषा मैनाली

श्याम थापाका बारेमा प्रकाशित लेख रोचक लाग्यो (पेलेको नजरमा परेका श्याम थापा) । फुटबलका राजा पेलेसँग जोडिन पाउनु उनका लागि सुखद कुरा हो । थापाको जीवनमा निकै उतार–चढाव आएछ । भारतीय भए पनि उनको नेपाल प्रेम देखेर खुसी लाग्यो । 

विनोद सापकोटा

यो खेलकुदप्रति रुचि जगाउने राम्रो उपाय हो (जर्सी नै विद्यालयको पोसाक) । पठनपाठनका सवालमा पनि यसरी नै सकारात्मक वातावरण बनाउनुपर्छ ।

नयन न्यौपाने

विश्वकपसम्बन्धी विषयवस्तु समेटिएको साप्ताहिक राम्रो लाग्यो । 

अर्जुन चौधरी

जहाँ गए पनि आफ्नो भाषा, साहित्य, गीत, संगीतको संरक्षणमा सक्रिय हुनुपर्छ (संगीत : अमेरिकाबाटै नेपाली र्‍याप) । अमेरिकामा बस्ने युवाहरू यस्तो काममा समर्पित भएको देखेर खुसी लाग्यो । 

गोविन्द पौडेल

साप्ताहिकको नयाँ अंक एकदमै राम्रो छ । यसमा नेपाली खेलकुदका बारेमा एक–दुई पृष्ठ थप्न सकिँदैन ?

डल्ली कान्छी, शिवराम क्षेत्री

जोसेफ राचिफले मिमिलाई धेरै माया गर्दा रहेछन् (यस्तो पो विवाहको प्रस्ताव) । यो जोडी भाग्यमानी रहेछ ।

पदम दंगाल

प्रा.डा. दामोदर पोख्रेलको संस्मरणले मन छोयो (मन्त्री हुँदा पनि अप्रेसन गर्नुहुन्थ्यो) । यो लेखले डा. देवकोटालाई नजिकबाट बुझ्न सघाउँछ । 

बिनोद कुँवर

प्रेम भनेको खुलमखुल्ला हुनुपर्छ (खुलमखुल्ला प्रेम) । लुकिछिपी प्रेमको तुलनामा खुल्लमखुल्ला प्रेम छलकपटरहित हुन्छ ।

मनिका दंगाल

अनु पराजुलीलाई अग्रिम बधाई एवं शुभकामना (एक्सन भूमिकामा अनु) । नयाँ भूमिकामा जम्न सफल हुनुहोस् । 

सन्तोष साह

म्यान अफ द वल्र्ड नेपालको विजेता बन्न सफल भएकोमा चन्दन विश्वकर्मालाई बधाई छ (म्यान अफ द वल्र्ड नेपाल) । फिलिपिन्समा हुने प्रतियोगितामा पनि तपाईलाई सफलता मिलोस् ।

रमेश बस्ताकोटी

कस्तो अचम्म (१० लाखको ट्याटु) ! १० लाखको ट्याटु खोप्ने कस्तो सोख रहेछ एम्बेर लुकीको !

दिपेश पोखरेल

प्रकाशित :असार १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्