यो पागल मन

- साप्ताहिक संवाददाता

असार २९, २०७५

निर्देशक : कल्याण अधिकारी कलाकार : विनोद न्यौपाने, ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, विशाल श्रेष्ठ, एनी कुँवर आदि । संगीत : अर्जुन पोखरेल

प्रेम कथामा आधारित चलचित्र यो पागल मन आज शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ, यद्यपि चलचित्रले कतिवटा स्क्रिन पाएको छ भन्ने विषयमा केही बताइएको छैन । 

पछिल्लो पुस्तामा प्रेम प्राप्तिका लागि हुने संघर्षलाई विशेष जोड दिइएको यो चलचित्रमा एक प्रेमीले आफ्नो मनको मान्छेका लागि कतिसम्म गर्न सक्छ भन्ने कुरा देखाइएको निर्माण पक्ष बताउँछ । चलचित्रको खास कथा भने सार्वजनिक गरिएको छैन । 

शम्भु सापकोटाले खिचेको यो चलचित्रलाई अनिल गौतमले सम्पादन गरेका हुन् । काठमाडौं तथा केही बाहिरी जिल्लामा समेत छायाँकन गरिएको चलचित्र यो पागलमन यसअघि नै प्रदर्शनमा आउने बताइए पनि विभिन्न कारणले प्रदर्शन मिति सरेको थियो ।

प्रकाशित :असार २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्