नेपाली चलचित्रमा काम गर्न तयार छु
- सुशान्त खत्री, नृत्य कलाकार
असार २९, २०७५
अहिले केमा व्यस्त हुनुहुन्छ ?
यतिबेला म नृत्यकै सिलसिलामा भारत आएको छु । केही इभेन्टमा सहभागिता जनाइरहेको छु ।
शिव परियारको ‘मंगली...’ गीतको म्युजिक भिडियोमा कसरी आबद्ध हुनुभयो ?
‘मंगली...’ गीतको शीर्षक सुनेर नै म उक्त गीतको भिडियोमा काम गर्न तयार भैसकेको थिएँ । गीत रमाइलो लागेकाले अभिनय तथा नृत्यका लागि तयार भएको हुँ ।
उक्त भिडियोमा काम गर्दाको अनुभव कस्तो रह्यो ?
रमाइलो रह्यो । भिडियोका गायक शिव परियार, अभिनेत्री आँचल शर्मा तथा निर्देशक विकास सुवेदीसँगको पहिलो अनुभव सुखद रह्यो । गीत राम्रो बन्यो ।
भविष्यमा पुन: नेपाली भिडियोमा काम गर्दै हुनुहुन्छ कि ?
मैले हालसम्म तीनवटा नेपाली गीतको म्युजिक भिडियोमा काम गरें । तीनवटै लोकप्रिय भएका छन् । भविष्यमा यस्तै राम्रा गीतबाट प्रस्ताव आयो भने खुसीका साथ काम गर्नेछु । नेपाली म्युजिक भिडियो यत्तिको गुणस्तरीय बन्न थालेकोमा खुशी पनि लागिरहेको छ ।
कम समयमै यत्तिको लोकप्रिय हुन्छ भन्ने लागेको थियो ?
यति छोटो समयमै लोकप्रिय हुनेछ भन्ने त मैले सोचेकै थिइनँ । मानिसहरूले गीतसँगै मेरो अभिनय तथा नृत्य अनि अभिनेत्री आँचल शर्मासँगको जोडी समेत मन पराइदिनुभएकोमा खुसी छु ।
नेपाली चलचित्रबाट काम गर्ने प्रस्ताव आएको छ कि छैन ?
भरखर त नेपाली म्युजिक भिडियोमा काम गर्न थालेको छु । नेपाली चलचित्रबाट अहिलेसम्म त्यस्तो प्रस्ताव आएको छैन, यद्यपि प्रस्ताव आयो भने काम गर्ने सक्दो प्रयास गर्नेछु ।
बलिउडमै सक्रिय हुने सम्भावना कति छ ?
‘एबिसिडी–३’ मा अनुबन्धित भैसकेको छु । चाँडै नै उक्त चलचित्रको छायांकन प्रारम्भ भएर नोभेम्बरमा रिलिज हुनेछ ।
प्रकाशित :असार २९, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्