रणवीर र आलियाको जोडी

- एजेन्सी

श्रावण १०, २०७५

पद्मावतपछि रणवीर सिंह कुनै पनि चलचित्रमा देखिएका छैनन् । उता अभिनेत्री आलिया भट्ट पनि राजीपछि कुनै चलचित्रमा देखिएकी छैनन् । बलिउडका यी लोकप्रिय कलाकारलाई लिएर सञ्जयलीला भन्सालीले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । 

बलिउड सूत्रका अनुसार भन्सालीले आफ्नो नयाँ चलचित्रको पटकथामा निकै मेहनत गरेका छन् । भन्साली निकट स्रोत भन्छ— उहाँ बाध्यताले केही मिनेट बाहिर निस्किए पनि पूरै समय बन्द कोठामा बसेर चलचित्रको गृहकार्य गरिरहनु भएको छ । 

भन्सालीले बनाउने भनिएको चलचित्रको शीर्षक गली ब्वाइज हो । यद्यपि यो चलचित्र कुन विषयमा केन्द्रित हुनेछ भन्ने कुराको भने कुनै संकेत दिइएको छैन । 

प्रकाशित :श्रावण १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्