झमकबहादुरको मृग नयनी

- साप्ताहिक संवाददाता

श्रावण १५, २०७५

 

साउन १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र झमकबहादुरको मृग नयनी तिम्रो आँखामा...शीर्षकको गीतको भिडियो सार्वजनिक भएको छ । यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा अभिनेता मिन कुमार तामाङ तथा अभिनेत्री सुजाता थापाले अभिनय तथा नृत्य गरेका छन् ।

ओम सुनारको संगीत निर्देशनमा मेलिना राई तथा ओम सुनारको स्वरको उक्त गीतका शब्दहरु तीज दामलीले रचना गरेका हुन् । जीवन थापाले उक्त गीतमा नृत्य निर्देशन गरेका छन् । काठमाडौं, पोखरा तथा चितवनमा उक्त गीतको छायांकन गरिएको हो ।

चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन महर्जन आदि कलाकारले अभिनय गरेका छन् । पवन गौतमको छायांकन, अनिल महर्जनको सम्पादन, राजु किराँती राईको द्वन्द्व निर्देशनको उक्त चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् । चलचित्रलाई मिन कुमार तामाङ तथा कोपिलाकुमारी डल्लाकोटीले निर्माण गरेका हुन् ।

मृग नयनीको भिडियो :

प्रकाशित :श्रावण १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्