फेरियो करिनाको मन
श्रावण १७, २०७५
सन्तानलाई जन्म दिएपछि करिना कपुरले परिवारलाई विशेष ध्यान दिने गरेकी छिन् । छोरा तैमुरको हेरचाहका लागि पनि करिना साथीभाइहरूसँग घुम्न वा विभिन्न पार्टीमा कमै मात्रामा जान्छिन् । गर्भवती भएका बेला करिनाले भनेकी थिइन्, ‘केही वर्ष परिवारमा विशेष भूमिका रहनेछ अनि मात्र चलचित्रमा फर्कनेछु ।’ यद्यपि उनको उक्त भनाइ धेरै समय टिक्न सकेन ।
सन्तानको जन्म लगत्तै करिनाले एउटा चलचित्रमा काम गरिन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘विरे दि वेडिङ’ केही महिनाअघि मात्र प्रदर्शनमा आयो, जुन ठीकठाकै चल्यो । विरे दि वेडिङ प्रदर्शनमा आएको केही महिना नबित्नै करिनाले फेरि अर्को चलचित्र साइन गरेको चर्चा छ । बताइएअनुसार उक्त चलचित्रमा करिनाले अभिनेता अक्षय कुमारकी श्रीमतीको भूमिका निर्वाह गर्नेछन्, जुन चलचित्र छायांकनमा जाने तयारीमा छ ।
करिना र अक्षयले नौ वर्षपछि एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्रलाई करण जोहरले निर्माण गर्ने हल्ला चले पनि आधिकारिक खबर भने बाहिरिसकेको छैन । केही वर्ष चलचित्रमा नदेखिने कुरा बताएकी करिनाको मन कति चाँडै बदलियो त ?
प्रकाशित :श्रावण १७, २०७५
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्