सामाजिक सञ्जालमा किन अरुको उछित्तो काडिन्छ ?
श्रावण २३, २०७५
बेरोजगारी बढी भएर हो नि ! कुनै एउटाको पक्ष लागेर अर्को पक्षको उछित्तो काट्दा के थाहा कुनै दिन साथ दिएको पक्षले कुनै बम्पर उपहार नै दिन्छ कि ?
दीपक तामाङ
के गर्नु ? काम छैन, दिन कटाउनैपर्यो, खाको पचाउनै पर्यो अनि त्यति नि नगरे के गरून् त ?
मिनेस राजभण्डारी
अगाडि बोल्न नसक्नेहरूले सामाजिक सञ्जालकै सहारा लिन्छन् ।
अरुण अरुण
उनीहरूले उछित्तो काट्ने मा हुन् । यी विचारहरू सामाजिक सञ्जालबाट बाहिर आउन सक्दैनन् अनि गर्न पनि केही गर्दैनन् ।
अरुण चौधरी
काम नपाएर, बेरोजगार भएर ।
बल गिरी
काम नपाएपछि अरू के गर्नु त ?
गणेश दाहाल
तर्क–वितर्कका क्रममा अनेक धारणा आएर त्यस्तो भएको हो ।
ब्रबिम
धेरैजसो नेपाली बेरोजगार भएकाले ।
अजित लामा
अर्काको उछित्तो काट्दा मज्जा आउने भएर हो कि ?
लोकेन्द्र कठायत
हातले नभेटेर, डर नलागेर ।
शेषराज भट्टराई
नेपालीहरू बेरोजगार छन् । सानो काम गरे पनि दैनिक १ हजार रुपैयाँ कमाइन्छ, तर उनीहरू गफ गरेरै
समय बिताउँछन् ।
अमृत महर्जन
नेपालमा काम छैन । त्यसपछि अरू काम नै के छ र ?
डल्ली कान्छी
तर्क त गर्नैपर्छ । विवेकशील त्यसैलाई भनिन्छ अन्यथा मूर्ति भएर बसे भैहाल्यो नि ।
जेपी नेम्बाङ
नराम्रो काम गर्नेलाई गाली गर्नैपर्यो नि ।
आरके पुर्बेली
उछित्तो नकाटेर के घाँटी काट्नु त ?
डी चिरञ्जीवी
मानिसहरू बढी फुर्सदिलो भएर ।
पोखरेल सभि
बेरोजगार भएको केही त फाइदा लिनुपर्यो नि हजुर ।
शर्मा सुरज
मानिसहरू धेरै फुर्सदिलो भए क्या ।
सुभास राई
आफ्नै उछित्तो काट्ने कुनै महामानव भेटेको छैन मैले । उछित्तो काट्ने भनेकै अर्काको हो ।
विजय सर
उछित्तो काट्ने नै अरूको हो नि । आफूलाई ठूलो बनाउने सजिलो उपाय भनेकै अर्काको आलोचना गर्नु हो ।
निराकार
मानिसहरू आफ्नो उछित्तो काट्न नसकेर अर्काको उछित्तो काट्छन् ।
डियर विद्या
सामाजिक सञ्जाल चलाउन थालेपछि हँसियाले घाँस काट्न बिर्सिए मानिसहरूले । त्यही भएर अरूको उछित्तो काट्छन् ।
मोहन पल
समाज, छरछिमेक होस् वा सामाजिक सन्जाल जहाँ जहिल्यै अरूको उछित्तो काट्ने काम हुन्छ । साँच्ची अचम्म छ है !
सुनिल निरौला
अरूको आङ्गको भुसुना देख्ने तर आफ्नो आङ्गको भैंसी नदेख्ने भएर हो कि !
युनिक अनुपम
सामाजिक सञ्जाल क्रमश : असामाजिक बन्दै गएको छ । प्रयोगकर्ताहरूले आफ्नो दायरा बिर्सन थाले । त्यसैले यस्ता घटना वृद्धि भएका हुन् ।
आशिष
सामाजिक सञ्जालबाट राम्रा काम पनि भएका छन् । यद्यपि राम्रा कुराको प्रचार कमै हुन्छ । नकारात्मक कुरा चाँडै फैलन्छ ।
कल्याणी धिताल
मानिसहरूले आफ्नो मन हलुंगो बनाउन तथा रिस पोख्न सामाजिक सञ्जालमा अर्काको उछित्तो काट्छन् ।
किशोर गौतम
प्रकाशित :श्रावण २३, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्