नेपालमा नेता बढी भ्रष्टाचारी छन् कि कर्मचारी ?
श्रावण २८, २०७५
कर्मचारी, नेतालाई सिकाउने पनि कर्मचारी नै हुन् । भ्रष्टाचार नगर्नेहरूले अन्यथा नलिनुहोला ।
अर्जुन कुमार
ममी, ममी ? हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो ? उस्तै–उस्तै हो नानु भन्ने विज्ञापन सुनिन्थ्यो पहिले–पहिले, त्यस्तै हो । दुवै कम छैनन् ।
लाटो केटो
कोही कम छैनन् । नेताले करोडौं, अर्बौं भ्रष्टाचार गर्छन् भने कर्मचारीले १०–२० रुपैयाँदेखि लाखसम्म भ्रष्टाचार गर्छन् । फरक यति नै हो ।
न्यौपाने शिव
नेताहरूले राजनैतिक शक्तिको दुरुपयोग गरेको पाइन्छ । उनीहरूका नातेदारमा पनि त्यस्तो समस्या हुन्छ ।
कृष्णबहादुर
प्रथमत: हामी नेपाली जनता नै त्यस्तै छौं । यी सबै गन्जागोल हाम्रा कमजोरीकै कारण उत्पन्न भएका हुन् । बाँकी तपाईं आफैं विश्लेषण गर्नुहोला ।
राज गोर्खाली
कर्मचारी पनि नेतै हुन् अनि नेता पनि प्रभुको आदेश पालना गर्ने कर्मचारी त हुन् । त्यसैले कोहीभन्दा कोही कम छैनन् ।
हङकङ नेपाली
नेताभन्दा कर्मचारीले बढी घूस खान्छन् । किनभने सबै सरकारी कार्यालयमा बढी कर्मचारी हुन्छन् । यद्यपि त्यसको केही भाग त नेताहरूलाई पनि जान्छ । कुरो बुझ्नुभो ?
डल्ली कान्छी
नेता भन्छन्, कर्मचारी । कर्मचारी भन्छन्, नेता । अब यी दुवै मिलेर देशको कुन गति बनाउने हुन्, छिट्टै थाहा पाउनेछौं हामीले ।
नन्द राई
यहाँ त घर–घरमा भ्रष्टाचार छ । दूधको प्याकेटको मूल्य ३५ छ भने घरमा छोराछोरीले ४० रुपैयाँ माग्छन् । अब भन्नुस् भ्रष्टाचारमा को कति अगाडि ? सवालै छैन । सब एकसे एक छन् ।
नवीन संकल्प
दुवैमा यो प्रवृित्त मौलाउँदो छ । नेताहरू सार्वजनिक हुने हँुदा उनीहरूको कुरा छिट्टै बाहिर आउँछ भने कर्मचारीतन्त्रमा संस्थागत रूपमा भित्रभित्रै कुटु–कुटु काटिरहने मुसाको जस्तो रूप छ ।
ढकराज देवकोटा
कर्मचारी र नेता दुवै भ्रष्टाचारी हुन् । नेताहरूको तुलनामा कर्मचारीहरू बढी नै भ्रष्टाचारी हुन्छन् ।
मगर समीर
दुवै उस्तै हुन् ।
शोभन योगी
मेरो अनुमानमा नेपालमा मिडियाका मानिसहरू बढी भ्रष्टाचारी छन् अनि नेपाली जनता छन् ।
विश्वास राई
दुवै, भ्रष्टाचारको मात्राचाहिँ फरक हुन सक्छ ।
जगदीश सिंह ऐयर
हैट्, हँसाउनुहुन्छ । दुवै नि ।
सूदन
दुवै कोभन्दा को कमको अवस्थामा छन् ।
शान्ति शर्मा
कर्मचारी बढी होलान् ।
रमन लामा
न कर्मचारी इमानदार छन्, न नेता ।
सुरज राना
भनिराख्नुपर्ने कुरै होइन । भ्रष्ट कर्मचारीले गर्दा आज यो हालत भएको हो ।
सागर नेपाली धिताल
कर्मचारी ।
मेरी लिम्बू
सबै एउटै ड्याङका मुला हुन् । कोभन्दा को कम छन् र ? एउटालाई मात्र दोष दिन मिल्दैन ।
साजल रोक्का
संख्यामा कर्मचारी, प्रतिशतमा नेता । यद्यपि नेताहरूमा अरू सयौं अवगुण हुन्छन् ।
दिव्य दृष्टि
नेताको छाता ओढेर कर्मचारी नि ।
कृष्ण सुधा ढकाल
दुवैमा भ्रष्टाचार छ ।
शिवबहादुर थामी
उस्तै–उस्तै हुन् ।
कमल लामा
कर्मचारी हजारमा नेता करोडमा ।
दिलेन्द्रनाथ श्रेष्ठ
निजामती कर्मचारी ।
अनिल कुमाल
नेतालाई सिकाउने कर्मचारी हुन् ।
पौडेल बाबु
कर्मचारीतन्त्रमा बढी भ्रष्टाचार छ ।
वसन्त बोटे
प्रकाशित :श्रावण २८, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्