एयरपोर्ट आउँदाको नमीठो अनुभव के छ ?
भाद्र ५, २०७५
खाडीबाट छुट्टीमा नेपाल जाँदा बल्ल–बल्ल एउटा टिभी बोकेर गा’को, ३२ इन्चको १६ हजार तिर्नुपरेको नमीठो अनुभव छ ।
कृष्ण गौतम
त्यस्तो अनुभव त धेरै छ । एकपटक त्यहाँ काम गर्ने एउटा कर्मचारीले मेरो ह्यान्ड ब्यागबाट मलाई मन परेको हेडफोन चोरेर मरेछ ।
देव चौधरी
त्यहाँका कर्मचारीहरूको व्यवहारको कुरा गरेर साध्य छैन । म नै हुँ सम्राट्, मजति ठुलो कोही छैन भन्ने सोच्छन् । आखिर तिनीहरू पनि त हाम्रै रेमिटेन्सबाट तलब खान्छन् नि †
दीप गिरी
एयरपोर्टका कर्मचारीहरूले रूप र लवाइ हेरेर व्यवहार गर्दा रै’छन् । अलि सुकिला–मुकिला अथवा युरोप–अमेरिकाबाट आएकाहरूसँग राम्रो व्यवहार गर्ने अनि खाडीबाट आएको भन्नेबित्तिकै आचरणमा परिवर्तन आउने । त्यहाँ प्रहरी दाजुभाइको व्यवहार पनि उस्तै ।
विशाल पाण्डे
एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा नेपालीले मात्र होइन, लाखौं विदेशीले समेत भोग्नुपरेको छ । यसले सारा विश्वमा नेपालका बारेमा कस्तो सन्देश जान्छ, मैले भन्नु नपर्ला । पीडा मात्र नभएर यस्तो अवस्थामा लाखौंलाख नेपाली तथा विदेशी यात्रीको ज्यानसमेत जोखिममा छ ।
दिनेश बन्जारा
ट्रली पाइँदैन । आफ्नो ब्याग नआउँदै ट्रली समाएर बस्छन् । दिनुस् न भन्दा पहिले नै समाउनु पर्दैन रे †
रविन थापामगर
पासपोर्टमा सरकारको छाप हल्का मधुरो रहेछ, त्यो देखेर इमिग्रेसनमा ‘यो छाप कसरी लगा’को ? यो मान्य हुँदैन’ भन्यो । हल्का लफडा भयो अनि दु:ख पनि पाइयो ।
सुबास श्रेष्ठ
एयरपोर्टको गेटअगाडि माग्नेको भीड, नेपाली हुन् कि विदेशीसबैसँग झुत्ती खेलेर मागेको देख्दा यो हाम्रो देश नै होइन जस्तो लाग्छ ।
राजन भट्टराई
धेरै कुरा छन्, तर सबै कुरा एक ठाउँमा समेटेर भन्छु— त्यो विमानस्थल पुग्नुपर्दा लुटेराको संसारमा पुगेजस्तो महसुस हुन्छ । आफ्नो सामान तथा खाडीको पसिना र रगतको कमाइ जोगाउनै गार्हो । यो लुटेराको देश अनि सतीले सरापेको मुलुक कहिले परिवर्तन हुने हो ?
कार्लोस
विदेशबाट एयरपोर्ट आउँदा ढुक्कसँग आफ्नो सामान लिएर गन्तव्यसम्म जान पाइयोस् । धक्कामुक्का र तानातान सहँदै गन्तव्यमा पुग्नुपर्ने अवस्था छ । सभ्य मुलुक र समाजका लागि यो भयानक लज्जास्पद विषय हो । यसले नेपाललाई अन्तराष्ट्रिय स्तरमै बदनाम गराएको छ । स्वतन्त्र रूपमा घुम्न आउने विदेशी पर्यटक ठगी अनि लुटपाटमा पर्ने अवस्था छ । यस्तो बेथिति कहिलेसम्म चलिरहने हो ?
गोपाल अर्याल
कागजपत्रको प्रक्रिया झन्झटिलो छ । हामी खाडीमा काम गर्नेहरूलाई झन् गार्हो छ । इमिग्रेसन पास हुन गार्हो छ । कर्मचारीहरूलाई कुलदेवतालाई झैं ज्यू गर्नुपर्छ, नत्र फर्काईदेलान् भन्ने डर ।
बद्री रिमाल
आफू त सधैं अरूलाई बिदाइ र स्वागत गर्न मात्र जानुपर्या छ ।
सुरेश जुपिटर
एयरपोर्टबाट बाहिरिने क्रमका साथै एयरपोर्टबाहिर देखिने मनुष्यरूपी पशुहरूको व्यवहार देख्दा दिक्क लाग्छ ।
भरत न्यौपाने
कुन एयरपोर्टको कुरो गर्नुभयो सम्पादकज्यू ?
डल्ली कान्छी
कर्मचारीको व्यवहार देखेर नरमाइलो लाग्छ ।
दीपेन्द्र गुरुङ
गिद्धले सिनो ढुकेजस्तो गरी हेर्छन् एयरपोर्टका कर्मचारीहरू ।
दिनेशकुमार
असमान व्यवहार देखेर वाक्क लाग्छ ।
सन्तोष मगर
मोबाइल चोरेर लगेको अनि ट्याक्सीवालाको तानातान ।
सागर
प्रकाशित :भाद्र ५, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्