तपाईंलाई के देख्दा सबैभन्दा बढी हाँसो उठ्छ ?
भाद्र ११, २०७५
नेपालको राजनीति देखेर ।
विनोद कार्की
भातसँग तरकारीको सट्टा चाउचाउ खाएको दृश्य हेर्नुपर्दा ।
निरोज पोखरेल
छोरीको मुहारमा मुस्कान देख्दा ।
रोशन
केपी ओलीको जोक सुनेर ।
दिनेशकुमार
तिर्सना दिदी तीजको गीतमा नाचेको देख्दा कति हो कति हाँस्न मन लाग्छ ।
प्रवेश थापा
केपी बाका रमाइला गफ सुन्दा ।
हिमाल खतिवडा
केटी देखेर ।
मूच्र्छित शर्मा
अहिलेको कर देखेर ।
वसन्त थापा
ओली सरकारको शासन देखेर ।
आरआर पाण्डे
केपी ओलीज्यूको अनुहार देख्यो कि हाँसो उठ्छ ।
दिनेश पराजुली
चित्रबहादुर केसिको थोते दाँत देखेर ।
भनै तामाङ
मजस्तो हाँसिराख्ने मानिसलाई केही देख्नै पर्छ जस्तो लाग्दैन ।
सुनिल निरौला
आफ्नै अनुहार देखेर । आफूले आफैंलाई देख्दा हाँसो उठ्छ । कुरो बेरोजगारीको नि †
मिलन बोहरा
बाँदर देखेर ।
बकुल्लो
आफूलाई आफैंले कहिल्यै नचिन्ने, अरूलाई धेरै चिन्ने, बुझ पचाएर बोल्ने र अरूको मात्र कमजोरी देखाउँदै आलोचना गर्ने मानिसहरूको सुद्धि देखेर कहिलेकाहीं त आँखामा आँसु नै बग्ने गरी हाँसो उठ्छ ।
मन्जु पौडेल
फेसबुकमा लभवाला स्टाटस, नेपालका पत्रकार, डाक्टर अनि कांग्रेस देखेर ।
ए. पोजेटिभ
नेताहरू देखेर नि ।
जीवन तिमिल्सना
कुकुरको पुच्छर देख्दा ।
सिग्देल जी
ओली सरको पानीजहाज देखेर ।
सुमन राई
कम्युनिस्टको शासन व्यवस्थाले हामी सबैलाई हँसाइरहेको छ ।
ओलीको भाषण
सरकारले जेमा पनि कर लगा’को देख्दा हाँसो उठ्छ ।
सुवास कार्की
नेपाली नेताले जनतामाथि झुक्याई–झुक्याई कुठाराघात गरिरहँदा पनि तिनै मुर्खलाई चुनाव जिताइरहेको देख्दा अचम्म लाग्नुका साथै हाँसो पनि उठ्छ ।
विजय भुसाल
बसिरहेको हाँस उठेको देख्दा एकदमै हाँसो उठ्छ ।
दिलीप प्रजापति
नेयमार लडेको देख्दा हाँसिया’थ्यो अस्तिनै ।
हिराकाजी कुमाल
हावा कुरा गर्दै हिँड्ने कोही–कोही देखेर ।
पासाङ मगर
सन्नी लियोन रोएको देख्दा हाँसो लाग्छ ।
रेशम अधिकारी
आफू त हाँस्न मन लागे मुकुन्दे बुराको लाइभ सुनिन्छ ।
प्रदीप पौडेल
छिमेकीकी छोरीको ब्वाइफ्रेन्ड देख्दा ।
ढकाल राजेश
नेपालका नेताहरू ।
रामकुमार दोङ
आफ्नै अहिलेको अवस्था देखेर ।
गौरव मिश्र
आलु टाइपका मानिस देख्दा ।
राजन तिमल्सिना
एक्सको स्टाटस देखेर ।
सुल्तान सुल्तान
कुकुरको बांगो पुच्छर देख्दा ।
फलिङ डाउन
अनलाइन मिडियाहरू देखेर ।
समीक्षा आचार्य
केपी ओलीले लगा’को ट्याक्स देखेर ।
विनिता रोमिता
बुझी–बुझी बुझ पचाउने बुद्धिजीवीहरू देखेर ।
कृष्णराम धिताल
कसैले मेसी इज ग्रेटर द्यान रोनाल्डो भनेको सुन्दा लास्टै हाँसो उठ्छ ।
खेलाडी विजय
मेरो त हाँसो उठ्ने बानीनै छैन । म अरूनै बानीले ग्रसित छु ।
शर्मा सुरज
आफ्ना नेताको जे पनि मीठो मानेर कपाकप खाने कार्यकर्ताहरू देखेर ।
सिग्देल उमेश
एउटा विज्ञले सम्बन्धित निकायलाई दिएको सुझावलाई समेत अर्ती दिने भनेर विरोध गर्ने रफु मास्टरलाई सम्भँmदा ।
चालिसे दामोदर
ओलीले पुसमा पानीजहाज चढ्ने सार्वजनिक निम्तो गरेको देखेर ।
नारायण भट्टराई
नहाँस्नुपर्ने कुरामा अट्टहास गर्नेहरूको जमात देख्दा हाँसो लाग्छ, हाँस्नुपर्ने कुरामा चुपचाप बस्नेहरू देख्दा हाँसो लाग्छ अनि रुँदारुँदै कहिलेकाहीँ आफ्नै आँसुको नियति देखेर हाँसो लाग्छ ।
सूचना घिमिरे
प्रकाशित :भाद्र ११, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्